काठमाडौं – युएईले नेपाललाई ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबईमा जारी आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकप एसिया छनोटमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको हो।
युएईलाई ८३ रनमै रोक्न कृष्मा गुरुङले ४ विकेट लिए। त्यस्तै रिया शर्मा र सीमा केसीले दुई-दुई र रचना कुमारी चौधरीले एक विकेट लिए।
त्यस्तै युएईका लागि समैराले सर्वाधिक ३१ रन बनाइन्। त्यस्तै रिनिथाले २०, लभन्याले १० र इन्धुजाले १० रन बनाए। विश्वकपमा छनोट हुन नेपालले युएईलाई छिट्टै जित्नपर्ने भएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 76