Aamsanchar

भक्तपुर घटना : केही दिन अघिनै हत्या भएको आशंका

Author Image
शनिवार, भदौ २७, २०७७

भक्तपुर । मध्यपुर थिमी नगरपालिका–९ निकोसेरास्थित चारतले घरभित्र शुक्रवार साँझ एकै परिवारको तीनजना मृत अवस्थामा फेला परेका छन् । मृत भेटिएकाहरूमा घरधनी ३६ वर्षीय सुदिप अधिकारी उहाँकी श्रीमती ३५ वर्षीय सम्झना अधिकारी र अन्दाजी १५ वर्षीय छोरा सुशान्त रहेका छन् । घरको दोस्रो तलमा कुकुर समेत मृत भेटिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारा थापाले तीनै जनाको केही दिन पहिले हत्या गरिएको हुन सक्ने बताउनुभयो । घटनाको सम्वन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । अधिकारी परिवारलाई भेट्न दिउँसो ५ वजे घरमा पुगेका एक आफन्तले घटनाको वारेमा प्रहरीलाई जानकारी दिएका हुन । घरको तेस्रो तलामा श्रीमती सम्झाना र चौथो तलमा बुबा–छोराको शव फेला परेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख दिपक थापाले घटना रहस्मय भएको बताउनुभयो । यो हत्या हुन सक्छ उहाँले भन्नुभयो, अनुसन्धान गर्दै छौं, त्यसपछि विस्तृत विवरण आउला ।
त्यस्तैं, नेपाल प्रहरीको तालिम प्राप्त कुकुर सहितको टोली अनुसन्धानमा परिचालन गरिएको छ । अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवी समेत खटिएको छ ।

मृतकहरूको शव आवश्यक घटनास्थल मुचुल्का तयार पारी पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज ल्याउने तयारी गरिएको छ । महाशाखा प्रमुख थापाका अनुसार, शब गनाइ सकेको अवस्थामा फेला परेको समाचार आजको गोरखापत्रले जनाएको छ ।

भक्तपुरमा रहस्यमय घटना, घरभित्र ३ जनाको शव भेटियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर