Aamsanchar

मेचीनगरमा सयभन्दा बढीले कोरोना जिते,  वडानम्बर १३ मा संक्रमितको संख्या शुन्य

Author Image
आइतवार, भदौ २८, २०७७

काँकरभिट्टा  । झापाको मेचीनगर नगरपालिकाको वडानम्बर १३ मा हालसम्म नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित फेला नपरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
मेचीनगरका १५ वटा वडामध्ये अन्य वडामा गएको शुक्रबारसम्ममा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत तीनजना महिला सशस्त्र प्रहरीसहित ३५ र मेचीनगरका ८८ जना गरी कुल १ सय २३ जना संक्रमित फेला परेका भएपनि १ सय १० जना निको भएर डिस्चार्ज भइसकेको स्वास्थ्य शाखा संयोजक शशीकला राईले जानकारी दिनभयो ।
गएको बैशाख १ देखि भदौ २६ गतेको अवधिसम्ममा नगरमा पीसीआर परीक्षणका ३ हजार ५ सय ३४ जनाको थ्रोड स्वाबको नमुना संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, १ नम्बर प्रादेशिक प्रयोगशाला विराटनगर र मेची प्रादेशिक अस्पताल भद्रपुरको पीसीआर प्रयोगशालामा पठाएको शाखा संयोजक राईले बताउनुभयो ।
मेचीनगरको धाइजन आइसोलेनमा ९ र मेची प्रादेशिक अस्पताल भद्रपुरमा ४ गरी १३ जना आइसोलेसनमा सक्रिय संक्रमित रहेका छन् । मेचीनगरमा पुरुषको तुलनामा महिला संक्रमितको संख्या अत्यन्तै न्यून रहेको छ । नगरभरि ६७ जना पुरुष संक्रमित छन् भने महिला संक्रमितको संख्या २१ रहेको छ । नगरको ३, ८, १२ र १५ नम्बर वडामा महिला संक्रमितको संख्या शुन्य छ । स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार अहिलेसम्म संक्रमितको संख्या सवैभन्दा बढी वडा नम्बर ६ र १० देखिएको छ । ती वडामा संक्रमितको संख्या क्रमस १६÷१६ छ । शाखा संयोजक राईका अनुसरा वडानम्बर ६ मा ४ महिला र १२ पुरुष तथा वडानम्बर १० मा ५ महिला र ११ पुरुष संक्रमित रहेका छन् ।

सवैभन्दा कम वडानम्बर ८ र १२ मा १÷१ जना पुरुष संक्रमित छन् । त्यसपछि वडानम्बर ५ मा ४ महिलासहित १५ जना, वडानम्बर १ मा १ महिलासहित ८ जना, वडानम्बर २ मा १ महिलासहित ६ जना संक्रमित रहेका छन् । यसैगरी, वडानम्बर ३ मा ३ जना पुरुष, वडानम्बर ४ मा १ महिलासहित ३ जना, वडानम्बर ७ मा २ महिलासहित ५ जना, वडानम्बर ९ मा १ महिलासहित ६ जना, वडानम्बर ११ मा १ महिलासहित ३ जना, वडानम्बर १४ मा १ महिलासहित २ जना र वडानम्बर १५ मा ३ जना पुरुष संक्रमित रहेको बताइएको छ । सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत संक्रमित प्रहरीमध्ये ३२ जना निको भएको बताइएकोछ ।

कार्यपालिकामा आर्थिक वर्ष २०७७÷२०७८ को वार्षिक कार्यक्रमको बजेट कार्यन्वयनका लागि एकदिने सहजीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले अब नगरपालिकाका जनप्रतिनिधिदेखि कर्मचारी समेत आ आफ्नो भूमिकामा बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाक्षेत्रभित्र हुने स साना विकास निर्माणका योजनामा नगरपालिकामा धाउनै पर्ने वा नगर प्रमुख र उपप्रमुखको मुख ताक्नुपर्ने परम्परालाई पूर्णरुपमा अन्त्य गर्न नसकेपनि क्रमस अन्त्य गदैं लैजानुपर्ने उहाँको भनाई थियो ।
नगरका जनप्रतिनिधि, कार्यपालिकाका सदस्यहरु नगरपालिकाका शाखा प्रमुखसहितको छलफलमा बोल्दैं उपप्रमुख उप्रेतीले हरेक वडाका वडा सचिवहरुदेखि जनप्रतिनिधिहरुले आ आफ्नो काम कर्तव्य र अधिकारप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिदैं उहाँले सवैजनाले आ आफ्नो कर्तव्य र अधिकारको अपनत्व ग्रहण गर्नुपर्ने बताउनुभयो ।

वडाका हरेक आयोजनामा सम्बन्धित वडाले अनुगमन गर्नुपर्ने नगरपालिकाले शाखा प्रमुख र जनप्रतिनिधिहरुलाई थप जिम्मेवारी बनाउने बताउनुभयो । घर नक्शा र कर व्यवस्थापनमा सवै लाग्नुपर्नै भन्दैं उहाँले हरेक कर्मचारी र जनप्रतिनिधिहर ऐन कानुन, नियमावली, कार्यविधि अनुसार चल्नुपर्ने जोड दिदैं यसैको अध्ययन गरी सवैजना आफ्नो जिम्म्ेवारी प्रति जवाफदेहि बन्नुपर्ने उहाँको भनाई थियो । अब हचुवा र फितलो ढंगले आयोजना सञ्चालन हुन नसक्ने भन्दैं उहाँले यसतर्फ सवैजना गम्भीर बन्नुपर्ने बताउनुभयो । हरेक टोल विकास संस्थालाई चलायमान बनाउँदैं आफ्नो जिम्मेवारी बोध गराउनुपर्ने उहाँको तर्क थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले उपभोक्ता समिति गठन तथा अन्य संघ संस्थाको चयन ऐन नियम तथा निर्देशिका, आयोजनाको स्थलगत सर्भे, आयोजनाको सम्झौता, आयोजनाको निर्माण गर्ने, खर्चको विवरणको रेकर्ड राख्ने ्, सामाजिक परीक्षण गराउने, बील भर्पाइ पेश गर्ने, भुक्तानी माग गर्ने कार्यलगायतका विषयमा क—कस्को कस्तो कस्तो जिम्मेवारी रहने भन्ने विषयमा चर्चा गर्नुभयो ।
छलफलमा विभिन्न वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, शाखा प्रमुखहरुले आ आफ्नो विचार राख्नुभएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर