Aamsanchar

कमल गाउँपालिकाका एक युवाले बन्चरो प्रहार गर्दा आमाको भयो मृत्यु

Author Image
आइतवार, भदौ २८, २०७७

बिर्तामोड– झापाको कमल गाउँपालिका–७ मा अहिले साँझ एक जना महिलाको हत्या भएको छ । स्थानीय मीरा ऋषिदेवको हत्या भएको हो । उनलाई २१ वर्षीय छोरा दिनेशले बञ्चरोले काटेर मारेको स्थानीयले बताएका छन् ।

मदिरा सेवन गरेर आएका दिनेशले अमासँग विवाद भएपछि बञ्चरो प्रहार गरेका हुन् । नशाको सुरमा उनले आमामाथि हतियार प्रहार गरेको स्थानीयले बताएका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनास्थलमा प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर