Aamsanchar

कुरिलो एक औषधिजन्य वनस्पति

Author Image
मङ्गलवार, भदौ ३०, २०७७

कुरिलो एक परिचय

कुरिलो एक औषधिजन्य वनस्पति हो । यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले चिनिन्छ्र यो नेपालका सबै जसो भू–भागमा पाईने बहुवर्षीय लहरा युक्त वनस्पति हो्र काँडा सहितको काण्ड, मसिना झुप्पादार पात हुने यसका धेरै मसिना हाँगाहरु हुन्छन् फल चाहिं केराउका दाना जत्रा र कडा बीज युक्त हुन्छन् पाकेपछि फल राता वा नीला रंग हुन्छन् ्र यसका जरा सेता मुला आकारका तर औला जत्तिकै मसिना र धरै संख्यामा हुन्छन्, आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त,शोक अनि शुक्र दुर्वलता निवारक, मानिन्छ्र खास गरी यसको जरा लाई विभिन्न रोगहरूमा अत्यन्त लाभकारी औषधी को रूपमा प्रयोग गरिन्छ ।

कुरिलो सेवन गर्दाको फाईदा

१, स्त्रीहरूको रक्त प्रदर, स्वेतप्रदर तथा महिनावारी गडबडी र स्तन जन्य रोग र स्त्री पुरुष दुबैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्येक दिन दुधसँग सेवन गर्नाले अप्रत्यासित लाभ हुन्छ्र यसको कलिलो मुन्टा तरकारीको रूपमा खान सकिन्छ ।

२, यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त,महिलाहरुको स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ ।

३,  कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै बिभिन्न पौष्टिक तत्व पाइन्छ ।

४,  यसलाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ ।

५, कुरिलोको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 496

प्रतिक्रिया (०)