Aamsanchar

शिवसताक्षीमा जन जीवन सामान्य तर्फ

Author Image
शुक्रवार, असोज २, २०७७

झिलझिले ।  झापाको शिवसताक्षीमा जारी एक महिने लकडाउन शुक्रबारदेखि खुलेको छ । शिवसताक्षी नगरपालिकाको शुक्रबार बसेको बोर्ड बैठकले नगरका साप्ताहिक बजार अर्को निर्णय नहुञ्जेल सम्मका लागि बन्द गर्ने निर्णयलाई यथावत गर्दे अन्य स्थायी व्यवसाय भने खुल्ला गर्ने निर्णय गरेको हो । उक्त निर्णय संगै शिवसताक्षी नगरपालिकामा जन जीवन सामान्य बन्न थालेको छ ।

शिवसताक्षी नगरको भदौ १ गते बसेको बोर्ड बैठकले शिवसताक्षी नगरमा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजे सम्ममात्र बजार खुल्ला गर्ने निर्णय गरेको थियो । त्यसमा सैलुन, ब्युटी पार्लर र होटल भने पूर्ण बन्द गर्ने निर्णय गरेको थियो ।

नगरका प्रवक्ता नवीन ईजमका अनुसार व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरेर सामाजिक दुरी कायम राखेर व्यापार व्यवसाय सञ्चालन गर्न पाउने निर्णय भएको हो । शिवसताक्षीका सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को पूर्ण पालना गर्दे विद्यार्थी भर्ना खुल्ला गर्ने निर्णय भएको छ । प्रवक्ता ईजमका अनुसार आफूलाई सहज हुने तथा पायक पर्ने विद्यालयमा आफ्ना बालबालिकालाई पठनपाठनमा सहजीकरण गर्न अभिभावकलाई पालिकाले अनुरोध गरेको छ ।

बैठकले राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउने कार्यलाई सुरु गर्ने निर्णय गरेको छ । बोर्ड बैठकले असोज मसान्तसम्मलाई अतिरिक्त शुल्क बिनै कृषि समूह गठन गर्ने र कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

पालिकाको बोर्ड बैठकले असोज २, ३ र ४ गते नगरपालिका, वडा कार्यपालिका र नगरका चोक बजारमा दीप प्रज्वलन गरी संविधान दिवस मनाउने निर्णय गरेको छ ।
वडा नम्बर ५ र वडा नम्बर ९ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गर्ने निर्णय भएको छ ।

शिवसताक्षीका केही भागमा हात्तीको उपर्दो बढेसँगै नगरपालिकाले हात्ती धपाउने साइरन र टर्चलाइट खरिद गरेर सरोकारका निकायलाई प्रदान गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर