Aamsanchar

झापाका एक युवा धरानमा मृत फेला, अनुसन्धानको लागि तिन महिला प्रहरी नियन्त्रणमा

Author Image
बिहिवार, असोज ८, २०७७

सुनसरी । धरान उपमहानगरपालिका–१८ स्थित सोलुखुम्बु होटलमा एक युवा मृत फेला परेका छन् । झापाको माइधार घर भइ धरानको बरगाछी ग्रिलमा काम गर्दै आएका २१ वर्षीय सन्तोष दर्नाल होटलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार दर्नाल खाटमा अ‍ोछ्याएको तन्नाको पासो लगाएर पङ्खा झुण्डाउने रडमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

दर्नालसँगै होटलमा सँगै बसेका ३ युवतीलाई सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । होटलमा युवतीसँग बसेको खुलेकाले ३ जनालाई सोधपुछको लागि नियन्त्रणमा लिइएको डीएसपी बस्नेतले बताए ।

दर्नालले एक महिनाअघि सीता श्रेष्ठसँग विवाह गरेको झापामा परिवारलाई जानकारी गराएका थिए । सोही दिन सीता पनि अन्य दुई केटीसँग होटलको छुट्टै कोठामा बसेकी थिइन् ।

सीताले दर्नालसँग विवाह नगरेको प्रहरी समक्ष दावी गरेकी छन् । सीतासँगै अन्य दुई केटीलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 393

प्रतिक्रिया (०)

सम्बन्धित खबर