Aamsanchar

सुनसरीमा स्थानियले खुल्ला गर्न थालेको शैक्षिक गतिविधिमा केन्द्र सरकारबाट रोक

Author Image
शुक्रवार, असोज ९, २०७७

सुनसरी । जिल्ला प्रशासान कार्यालय सुनसरीले शैक्षिक गतिबिधिमा रोक लगाएको छ । नेपाल सरकारले विद्यालय, कलेज, तालिम केन्द्र, ट्युसनमा लगाएको प्रतिबन्ध कायमै रहेकाले जिल्ला प्रशासान सुनसरीले सबै स्थानीय तहमा लागु हुनेगरी त्यस्ता गतिविधि नगर्न भनेको हो । अहिले सुनसरीका केहि विद्यालयले विद्यार्थी भेला परेर पठनपाठन सुरू गरिसकेका छन् भने धेरै जसो विद्यालय यसको तयारीमा छन् । पठनपाठन सुरू गरेका तथा तयारीमा रहेका विद्यालयमाहरू जिल्ला प्रशासनको यस्तो पत्रबाट अन्यौलमा परेको देखिन्छ । संक्रमण तिब्र रूपमा फैलिरहेकै भए पनि केहि विद्यालयहरू बैकल्पिक सिकाइ प्रभावकारी नहुने भन्दै विद्यालय खोल्न सुरू गरेका थिए ।

जिल्ला प्रशासानले अन्य गतिबिधिमा प्रतिबन्ध कायमै रहेको बताएको छ । सभा, गोष्ठि, तालिम, प्रदर्शन, भेला, सम्मेल, सिनेमा हल, पार्टिप्यालेस लगायतका मनोरोञ्जनका स्थल संचालनमा रोक लगाइएको छ । त्यसैगरी सैलुन, ब्युटिपार्लर तथा स्प, स्वीमिङपुल जिम खाना पनि संचालन नगर्न भनिएको छ । समुहमा हुने खेलकुद, खेलमैदानमा हुने प्रस्तुति, अन्तराष्ट्रिय खेल तथा प्रशिक्षण, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, संग्राहलय र चिडियाखानामा पनि प्रतिबन्ध कायमै गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 418

प्रतिक्रिया (०)