Aamsanchar

झापामा थप १४ जनामा कोरोना पुष्टि

Author Image
शुक्रवार, असोज ९, २०७७

झापामा १० कैदीसहित १४ जनामा थप  कोरोना संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्ला कारागार भद्रपुरमा रहेका १० देखि ६० बर्ष उमेरका कैदी बन्दीहरुमा कोरोना पोजिटिभ देखिएको हो ।

त्यसैगरी विर्तामोडमा १, झापा गाउँपालिकामा २ र शिवसताक्षीका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाइँले जानकारी दिए । अहिले सम्म झापामा संक्रमितको संख्या ८३६ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ७५७ रहेको छ ।

अहिले आइसोलेसनमा झापाका ७३ जना सक्रिय संक्रमित रहेका पनि जनाइएको छ । संक्रमणका कारण जिल्लामा ६ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर