Aamsanchar

बाढीका कारण रुपन्देहीमा १२ भन्दा घेरै घर बगायो

Author Image
शनिवार, असोज १०, २०७७

फायल फोटो

रुपन्देही। निरन्तरको वर्षासँगै आएको बाढीले रुपन्देहीमा एक दर्जन बढी घर बगाएको छ ।

तिलोतमा नगरपालिकामा सात र बुटवल उपमहानगरमा छवटा घर बगाएको हो । लक्ष्मीनगर डाँडामा रहेको सुखौरा खोलाको बाढीले कम्तीमा चारवटा घर, बाख्राको खोर र केही सवारी साधन बगाएको छ । तिनाउ नदीको बाढीले बुटवल १७ रानीगन्ज मनकामना टोलमा एउटा घर र देवदहको चरंगेमा एउटा घर बगाएको छ ।

दर्जनौ घरहरु डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका बुटवल, तिलोत्तमा, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकामा बाढीले क्षति पुर्याएको छ । रोहिणी नदी बस्तीतिर पसेपछि तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकमा करिब ५० घर डुबानमा परेका छन् । बाढीका कारण थुनिएका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर