Aamsanchar

प्रेस क्लब मेचीनगरको अध्यक्षमा पत्रकार उप्रेती चयन

Author Image
शनिवार, असोज १०, २०७७

प्रेस क्लब मेचीनगरको अध्यक्षमा लक्ष्मी उप्रेती चयन भएका छन् । क्लबको आज काकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न अधिवेशनले उप्रेतीको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा शिशिर चम्लागाइँ, सचिवमा जि आर धिताल, कोषाध्यक्षमा रिता दाहाल र सहसचिवमा भुमिका लिम्बू फियाक चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा प्रकाश पौडेल, बिकास देवकोटा, युवराज आचार्य, किशोर उपरकोटी, खगेन्द्र घिमिरे, हेमन्त निरौला, माया लामिछाने, हरिकृष्ण भण्डारी, दिलिप थापा र उमेश खतिवडा चयन भएका छन् ।

अधिवेशनको उदघाटन गर्दै प्रमुख अतिथि प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बिश्व महामारीको रुपमा रहेको कोरोनाका कारण संकटमा परेका सञ्चार संस्थाहरुलाई प्रदेश सरकारले सहयोग गरेको र आगामी दिनमा पनि सञ्चार संस्था र सञ्चारकर्मीहरुको क्षमता बिकासमा प्रदेश सरकारले सहयोगी भुमिका खेल्ने बताए ।

प्रेस क्लबका संयोजक मुक्ति पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर प्रमुख बिमल आचार्य, उपप्रमुख मिना उप्रेती, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई अर्याल, झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिना, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, नेपाली काँग्रेस मेचीनगर उपसभापति सुरेन्द्र बुढाथोकी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

अधिवेशनमा क्लबका सचिव झुलन रेग्मीले स्वागत मन्तब्य राखेका थिए भने क्लबका सहसंयोजक ज्ञानेन्द्र निरौलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर