Aamsanchar

पाइल्स, फिस्टुला र फिसरको कारक कब्जियत हटाउन के खाने, के नखाने ?

Author Image
सोमवार, असोज १२, २०७७

के खाने ?

खानामा रेसादार खाद्य वस्तुहरु धेरै मात्रामा खानु पर्दछ । रेसादार युक्त तरकारी र फलफूलले कब्जियत हटाउन मद्दत पुर्याउँदछ । खानामा सलाद खाने बानी बसाल्नु पर्दछ । सलादमा काँक्रो, मुला,गाजर, सलगम, बन्दगोभी, प्याज, गोलभेंडा आदि समावेश गर्नु पर्दछ । पानीलाई प्रशस्त मात्रामा पिउनु पर्दछ ।

बिहान उठ्नसाथ सेवन गरिने पानी त झन् कब्जियतका लागि अमृत समान मानिन्छ । अङ्कुरित भएका चना, दाल, गहुँ, भटमास,मेथीको सेवन कब्जियतका लागि लाभदायक मानिन्छ ।

के नखाने ?

जाँड,रक्सी,चुरोट,खैनी,माछा,मासु,अण्डा,तेलमा तारेका भुटेका खाद्यवस्तुहरु धेरै खानु हुदैन । कोल्ड ड्रिङ्कस, चिया, कफी, आलु चिप्स, लेज, कुर्कुरे, अचार, अमिलो दही, मैदा, चिनी, खुर्सानी, घ्यू, सेतो भात धेरै मात्रामा खानु कब्जियतका बिरामीलाई फाईदा जनक हुदैन । हलुवावेदमा धेरै मात्रामा ट्यानिन एसिद हुन्छ, यसले खानेकुरालाई पेटमा सर्न बाट रोक्छ र पचाउँन लामो समय लाग्छ । त्यसैले हलुवावेद कब्जियतका रोगीलाई फाईदाजनक छैन ।

काँचो केरामा धेरै मात्रामा स्टार्च पाइन्छ, जसलाई पचाउन शरीरलाई कठिन हुन्छ र यसले आन्द्राको पानीलाई समेत सोस्ने हुनाले दिशा सुख्खा बनाएर कब्जियतलाई बढाउँछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 711

प्रतिक्रिया (०)

सम्बन्धित खबर