Aamsanchar

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा एलइडी बल्ब उत्पादन

Author Image
मङ्गलवार, असोज १३, २०७७

ओखलढुङ्गा – सिद्धिचरण नगरपालिका–७ मा एलईडी बल्ब उत्पादन सुरू भएको छ । नगरपालिकाको एक लाख अनुदान र आफ्नो दुई लाख रुपैयाँ लगानीमा यदुनाथ दाहालले बल्ब उत्पादन सुरु गरेका हुन् । ग्रामीण बिजुलीघर नामक दाहालमा दैनिक ५० वटा बल्ब उत्पादन क्षमता रहेको छ । उद्योगबाट अहिलेसम्म १५० बल्ब उत्पादन भइसकेको छ ।

प्याकेजिङ गर्ने खोल नभएका कारण बजारमा लान समस्या भएको र चाँडै खोल बनाउने तयारी गरिरहेको दाहाले बताए ।  जनशक्ति र बजार व्यवस्थापनको काम अघि बढेपछि थप मेसिन राखेर उत्पान बढाउन सकिने उद्योग सञ्चालक दाहाल बताउँछन् । ग्रामीण विजुली घर नगरपालिकाको सहकार्यमा सञ्चालनमा आएको पहिलो स्थानीय उद्योग भएको वडा नम्बर ७ का अध्यक्ष बमबहादुर राईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर