Aamsanchar

पोलिटेक्निक इन्ष्टिचुटका बिद्यार्थीलाई श्रमजिवी बन्न सिकाउदै कनकाई नगरपालिका

Author Image
मङ्गलवार, असोज १३, २०७७

चारपाने ।  कनकाई नगरपालिकाले कृषक परिचय पत्र वितरण गर्ने कार्यलाई अघि बढाएको छ । करिव १२ हजार घरधुरीलाई परिचयपत्र प्रदान र लगत संकलनको विवराण भर्न कनकाई नगरपालिकाद्धारा संचालित कनकाई पोलिटेक्निक इन्ष्टिचुट का बिद्यार्थीलाई जिम्मा दिईएको छ ।

कनकाई नगरपालिका ७ मा रहेको यस इन्ष्टिचुटका बिद्यार्थीलाई कनकाई नगरपालिकाले स्वरोजगार (श्रमजिवी) बन्न अभिप्रेरित गर्ने हिसाबले नगरवाशीको सबै विवरण भर्ने जिम्मा दिइएको हो । नगरपालिकाले यस कार्यका लागि यसै आर्थिक बर्षमा ५० लाख रुपैँया रकम समेत छुट्टाएको छ ।

विद्यार्थीलाई किताव पढाई मात्र हैन स्थलगत अभ्यास सहितको पढाई र आफैले कमाएर पढने तर्फ प्रत्साहान गर्न आवश्यक रहेको भन्दै नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाभित्र र अन्य क्षेत्रका समेत विद्यार्थीहरु पढाईपछि प्राय बेरोजगार हुनुपर्ने तथा वैदेशिक रोजगारीका लागि चारैतिर भौतारिनुको बिकल्प नरहेको अवस्थामा सबै विद्यार्थीलाई आफै स्वरोजगार हुनका लागि सहयोग गर्न नगरपालिकाले आफै प्राविधिक विद्यालय खोलेको बताउँनुभयाृ । हाल यस प्राविधिक विद्यालयमा झापा र छिमेकी जिल्ला इलाम, पाचथर, ताप्लेजुड, मोरड लगायात ४५ जना विद्यार्थी अध्यानरत् रहेका छन । हाल यस बर्षको नयाँ शैक्षिक सत्रका लागि समेत एक सय ५० जना विद्यार्थीहरु नयाँ सत्रका लागि भर्ना हुने तयारीमा रहेको प्राविधि शिक्षालयाका संयोजक खगेन्द्र मिश्रले बताउँनुभयो ।

अघिल्लो शैक्षिक बर्षमा अध्यान गरिरहेका ४५ बिद्यार्थीहरुले कनकाई नगरपालिकाले वितरण गर्न लागेको कृषक परिचयपत्र वितरणका लागि अभिलेखीकरणका लागि स्वरोजगारका लागि सामेल हुने प्राविधिक शिक्षालयाका व्यावस्थापक हरिप्रसाद मिश्रले बताउँनुभयो ।
यता कनकाई नगरपालिकाले नागरिकलाई माछा होईन माछा मार्ने जाल र बल्छी दिनुपर्छ भन्ने मुल नाराका लागि नगरपालिकाले प्राविधिक शिक्षालय खोलेको कनकाई नगरप्रमुख पोखरेलले बताउँनुभयो । यसै अभियानको सुरुवाती अवस्थामा हामीले हाम्रा विद्यार्थीलाई अध्यानकै विचमा सानै भएपनि रोजगारी दिन सुरु गरेका हौ पोखरेलले बताउँनुभयो ।

यस अभियानसगै नगरपालिकामा रहेका ऐलानी जग्गामा बस्ने कृषहरुलाई समेत धनीपुर्जा बितरण गरिने नगरप्रमुख पोखरेलले बताउँनुभयो । यस कार्यका लागि नगरपालिकाले यसअघिनै प्रत्येक वार्डमा ३ जनाका दरले डाटा संकलक खटाएर तथ्याड्क लिने काम भइरहेको नगरप्रमुख पोखरेलले बताउँनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर