Aamsanchar

प्रहरी कार्यालय सुर्खेत धमाधम फरार अभियुक्त समात्दै

Author Image
मङ्गलवार, असोज १३, २०७७

सुर्खेत । कर्णाल प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रदेश भित्र पर्ने विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत नौ फरार अभियुक्तलाई फक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सवारी ज्यान, किर्ते, केही सार्वजनिक अपराध र जबर्जस्ती करणीका एकएक गरी चार तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी ज्यान र ज्यान मार्ने उद्योगको एकएक फरार अभियुक्तलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

त्यस्तै जिप्रका हुम्लाबाट बहुविवाहका एक तथा जिप्रका जाजरकोट र डोल्पाबाट जबर्जस्ती करणीका एकएक फरार अभियुक्त पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक बाँस्तोलाले बताए । उनका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै अभियुुक्तलाई सम्बन्धित जिल्ला अदालतसमक्ष पेश गरिएको छ । अदालतले कारवाहीको फैसला सुनाएपछि फरार रहेका करीब ७० अभियुक्तलाई प्रहरीले पक्राउ गरिसकेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर