Aamsanchar

उर्लाबारीमा दुर्घटना, एक मोटरसाईकल चालकको मृत्यु

Author Image
शुक्रवार, असोज १६, २०७७

उर्लाबारी । मोरङको उर्लाबारीमा ट्रकले ठक्कर दिँदा शुक्रबार बिहान एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका–९ का २९ वर्षीय देउकुमार लिम्बूको मृत्यु भएको हो ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ४ ख ३४४३ नम्बरको मालबहाक ट्रकले प्र १–०२०–०४१ प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लिम्बूको उपचारका क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

ट्रकले मोटरसाइकललाई बिहान ६ः४० बजेतिर ठक्कर दिएको थियो । ट्रक चालक मोरङको रतुवामाई नगरपालिका–१० का २४ वर्षीय रेवतप्रसाद सुवेदीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी राईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर