Aamsanchar

डा. केसीको जीवन रक्षाको माग गर्दै तीन मेडिकल कलेजका आवासीय चिकित्सकद्वारा ओपीडी सेवा बहिष्कार

Author Image
मङ्गलवार, असोज २०, २०७७

काठमाण्डौ – तीन वटा मेडिकल कलेजका आवासीय चिकित्सकले आजदेखि बहिरंग अर्थात ओपीडी सेवा बहिष्कार गरेका छन् । चिकित्सा शिक्षा सुधारको मागसहित अनसनमा बसेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूले आजदेखि ओपीडी सेवा बहिष्कार गरेका हुन् ।

डाक्टर केसी अनसन बसेको २३ दिन भइसक्दा पनि सरकारले वार्ता टोलीसमेत गठन नगरेकाले बाध्य भएर ओपीडी सेवा बहिस्कार गर्नुपरेको आवासीय चिकित्सक संघका अध्यक्ष डाक्टर सुभाष देवकोटाले बताउनुभयो । संघले डाक्टर केसीसँग वार्ता गर्नको लागि टोली गठनको माग गर्दै २४ घण्टे अल्टिमेटम दिएको थियो । बहिरंग सेवा बहिष्कार गरेपनि कोरोना, आकस्मिक र भर्ना भएका बिरामीको उपचारमा भने कालोपट्टि बाँधेर सामेल हुने उहाँको भनाइ छ । संघले डाक्टर केसी अनसन बसेको १३ औं दिनदेखि कालोपट्टि बाँधेर काम गरिरहेको छ ।

यसैबीच त्रिवि शिक्षण अस्पतालमा अनसनरत डाक्टर केसीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । आईसीयूमा राख्नुपर्ने अवस्था भए पनि डाक्टर केसी नमान्दा अक्सिजन दिएर उहाँलाई राखिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर