Aamsanchar

प्रदेश ५ को नाम र राजधानीबारेको प्रस्तावमा छलफल गर्न डाकिएको प्रदेशसभा बैठक सुरु

Author Image
मङ्गलवार, असोज २०, २०७७

बुटवल — प्रदेश ५ को नाम र राजधानीबारेको प्रस्तावमा छलफल गर्न डाकिएको प्रदेशसभा बैठक सुरु भएको छ । मंगलबार दिउँसो १२ बजेलाई डाकिएको बैठक करिब एक घण्टा ढिलो सुरु भएको हो ।  दलहरू आन्तरिक छलफलमा रहेकाले बैठक केही समय ढिलो गरिएको सभामुख पूर्णबहादुर घर्तीले बताए । कार्यसूची अनुसार प्रदेशसभामा अहिले विपक्षी दलका नेता एवं कांग्रेस संसदीय दलका प्रमुख वीरेन्द्रकुमार कनौडियाले धारणा राखिरहेका छन् । उनीलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

पोखरेलले दाङमा राजधानी लैजानुको कारणबारे प्रदेशसभालाई जानकारी गराउनुका साथै रुपन्देही, कपिलवस्तु, नवलपरासीलाई समेटेर पर्यटकीय र सांस्कृतिक राजधानी एवं बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्नेछन् । प्रदेश सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावमाथि आजै मतदान हुने कार्यसूची छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार मुख्यमन्त्रीको सम्बोधनपछि संशोधन प्रस्तावहरू प्रस्तुत गर्ने र फिर्ताका लागि समय दिइनेछ । आजै आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी र नामबारेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने र सभामुखले मतदान प्रक्रियामार्फत परिणाम घोषणा गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर