Aamsanchar

डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली शिक्षण अस्पतालमा

Author Image
मङ्गलवार, असोज २०, २०७७

काठमाडौं ।आमरण अनशन थालेको २२ औं दिन डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली पुगेको छ । शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीले मंगलबार डा. केसीलाई भेटेको हो । टोलीले औपचारिक वार्ताका लागि टोली नबनेको भन्दै अनशन तोड्न डा. केसीलाई आग्रह गरेको छ । जवाफमा डा. केसीले भने यसअघि सरकारका प्रवक्ताले पनि त्यही भनेको भन्दै त्यसका लागि दुःख पाउनु नपर्ने थियो भनेका छन् । आफ्ना मागहरुबारे छलफल गर्ने हो भने औपचारिक रुपमा वार्ता टोली पठाउनुपर्ने उनको अडान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 329

प्रतिक्रिया (०)

सम्बन्धित खबर