Aamsanchar

झापामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, एक शिशुको मृत्यु

Author Image
बुधवार, असोज २१, २०७७

झापा । झापामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेहरुमा स्वास्थ्यकर्मी, कैदीबन्दी रहेका छन् । । २४ जना ध्ये दुई महिने बच्चाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताएका छन् ।

बुधबार गत २४ घण्टाको अपडेट लाई आधार मानेर  स्वास्थ्य कार्यालय झापाले दिएको जानकारी अनुसार भद्रपुर नगरपालिका–४, ५, ८ र ९ नम्बर वडाका २८, ४६, १७, २५, २९, २९, २२ वर्षका ९ जना पुरुष, अर्जुनधारा नगरपालिका–५ का ५३ वर्षका १ जना पुरुष, बिर्तामोड नगरपालिका–३ र ५ नम्बर वडाका २४, ४३, ५३, २३, २२, २४, ४०, ४२ र ५० वर्षका ३ जना महिला र ६ जनालाई कोरोना संक्रमण भएको हो।

त्यस्तै गौरादह नगरपालिका वडा नम्बर ९ का ५३, १३ र ५६ वर्षीय १ जना महिला र २ जना पुरुष, कनकाई नगरपालिका वडा नम्बर २ का २७ वर्षीय पुरुष र कचनकवल गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय महिलालाई कोरोना संक्रमण भएको चौलागाईले बताए ।

उनीहरु मध्ये भद्रपुरका ३ जना कैदीबन्दी, १ जना इलाम, १ जना ओखलढुंगा र एक जना दुईमहिने बच्चा रहेका छन् । बच्चाको मृत्यु भएको छ ।
बिर्तामोडका ३ जना स्वास्थ्यकर्मी मध्ये १ जना मेचीनगर–१०, २ जना मोरङ र हल्दीबारी–२ का हुन् । उनीहरु अस्पतालका कर्मचारी हुन् । अर्का १ जना ताप्लेजुङ ठेगाना भएका १ जना कैदीबन्दी हुन् भने कनकाईका १ जना धरान अस्थायी घर भएका बैँकका कर्मचारी रहेको चौलागाईले जानकारी दिए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ९७८ पुगेको छ । त्यसमध्ये ८३९ जना निको भएर घर फर्किएका छन् । हालसम्म झापामा ११ जनाको मृत्यु भईसकेको छ । अहिलेसम्म २७ हजार ३ सय १८ जनाको स्वाबको नमुना संकलन गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर