Aamsanchar

दृष्टिविहीन घाइते हात्तीको उपचार गर्न चितवन राष्ट्रिय निकुन्जको विशेषज्ञ टोली झापा

Author Image
बिहिवार, असोज २२, २०७७

काँकडभिट्टा — हात्तीको उपचार गर्न चितवन राष्ट्रिय निकुन्जको विशेषज्ञ टोली झापा आएको छ । झापाको जंगल चहार्दै आतंक मच्चाउने दृष्टिविहीन वयस्क हात्तीले जिल्लाका विभिन्न स्थानमा उपद्रो मच्चाएपछि डिभिजन वन कार्यालयको पहलमा आएको विज्ञ टोलीले हात्ती पक्रन लागेको हो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले दृष्टिविहीन हात्ती घाइतेसमेत भएकाले उपचारका लागि पक्रन लागिएको जनाए । घिमिरेले भने, ‘हात्तीलाई भाला प्रहार गरेर घाइतेसमेत बनाइएको पाइएको छ, घाउ र आँखाको उपचारसँगै गरिने छ ।’ वन कार्यालयका प्रमुख घिमिरेका अनुसार अहिले हात्ती मेचीनगर–३ तेलपानीको जंगलमा लुकेर बसेको पाइएको छ । हात्तीलाई बेहोस पार्न डार्ट गनबाट गोली प्रहार गरिएको छ । तर, हात्ती नियन्त्रणमा आउन बाँकी छ । हात्तीलाई बेहोस पारेर आँखा र घाउको उपचारपछि पुनस् जंगलमै छाडिने जनाइएको छ । झापाका जंगलमा एक दर्जन रैथाने हात्ती रहेको वन कार्यालयको अनुमान छ । ती हात्तीहरु तेलपानी, चारआली, जलथल आदि जंगल चहार्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर