
झापा । भद्रपुरबाट प्रतिबन्धित लागूऔषधसहित १ जना व्यक्ति पक्राउ परेका छन् । शुक्रबार भद्रपुर–१० स्थित १९ बर्षिय आजम दाहालको साथबाट डाईजेपाम ९५ एम्पुल, लुपिजेसिक ९६ एम्पुल र फेनरागन ९५ एम्पुल गरी जम्मा २८५ एम्पुल लागूऔषध बराम गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । दाहाललाई भद्रपुरस्थित देउनिया पुलमा खटिएको शसस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । उनलाई शसस्त्रले सिमा प्रहरी चौकी पृथ्वीनगर बुझाएको थियो । आवश्यक कानुनी कारबाहीको लागि जिप्रका झापामा राखिएको जनाइएको छ ।
यस्तै खुर्सानी पटकासहित एक व्यक्ति पक्राउ परेका छन् । १ लाख ५० हजार रुपैयाँ बराबरको पटका सहित शुक्रबार राती भद्रपुर –३का ४२ बर्षिय ढाक्रे राजबंशी पक्राउ परेका हुन् वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी महेशपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले अबैधरुपमा भन्सार छलि ल्याइदैँ गरेको ५८ बन्डल अमुरु खुर्सानी पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए । बरामद पटका, अटो र अटोचालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि वप्रका भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ ।


