Aamsanchar

अत्यावश्यक सेवाबाहेक अर्जुनधारा नगरपालिकाको कार्यालय अनिश्चितकालका लागि बन्द

Author Image
बिहिवार, असोज २९, २०७७
चारपाने ।  समुदायमा कोरोना भाइरसको संक्रमण दैनिक बढ्न थालेपछि संकट निम्तिन सक्ने भन्दै अत्यावश्यक सेवाबाहेक अर्जुनधारा नगरपालिकाले अनिश्चितकालका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
आजमात्र अर्जुनधारा ७ स्थित शंकर अस्पतालमा स्वास्थ्यकर्मी, बिरामी र कुरुवा गरी ९ जना संक्रमण पुष्टि भएपछि कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी ९सीसीएमसी०को बैठकले अनिश्चितकालका लागि अत्यावश्यक सेवाबाहेक कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।अर्जुनधारा नगरपालिका क्षेत्रमा अत्यावश्यक सेवा क्षेत्रमा स्वास्थ्य, सुरक्षा, फोहोर व्यवस्थापन, खानेपानी, विद्युतलगायत पर्छन् ।
यसैगरी, शंकर अस्पताललाई पनि ३ दिनसम्म बन्द गर्न निर्देशन दिने पनि बैठकले निर्णय गरेको छ । तीन दिनपछि अस्पताललाई पूरै डिस्इन्फेन्टेन्ट गराएपछि अवस्था हेरेर सञ्चालन गर्न निर्देशन दिइने भएको छ ।हालसम्म अर्जुनधाराको समुदायका ३२ जनामा संक्रमण पुष्टि भइसकेको छ । बैठकले कोरोना भाइरस संक्रमणसम्बन्धी जनचेतनामुलक माइकि गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, चाडपर्व नजिकिएकाले यस समयमा गरिने विभिन्न पूजाआजामा पनि सतर्कता अपनाइने निर्णय भएको छ । बैठकको निर्णयअनुसार विभिन्न शक्तिपीठमा औपचारिक पूजामात्र गर्न दिइनेछ भने चोक बजारमा गरिने सबै किसिमका पूजाआजामा रोक लगाइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर