Aamsanchar

झापामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन उकालो लाग्दै

Author Image
शनिवार, कार्तिक १, २०७७

अर्जुनधारा । झापामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा ७९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

समुदाय तहमा संक्रमण फैलिएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो । झापाका सबै स्थानीय तहमा संक्रमित थपिने क्रम तीव्र छ । झापामा आज सबै भन्दाबढी संक्रमित बिर्तामोडमा थपिएका छन् ।

बिर्तामोडमा २२ जनामा संक्रमण देखिएको हो । तीमध्ये १६ महिला र ६ पुरुष छन् । उनीहरु सबै समुदाय तहका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर