Aamsanchar

झापामा निषेधाज्ञा, कोजाग्रत पूर्णिमासम्म राति हिड्न प्रतिबन्ध, मेला बजार लगाउन पनि रोक

Author Image
आइतवार, कार्तिक २, २०७७

 


झापा– जिल्लामा कोभिड १९ को संक्रमण समेत फैलिँदै गएको निष्कर्षसहित प्रशासन कार्यालय झापाले आजदेखि कोजाग्रत पूर्णिमासम्म बेलुकी ८ देखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । आजदेखि कार्तिक १४ गते पुर्णिमा सम्म पसल अनिवार्य ८ बजे बन्द गर्नुपर्ने निर्णय गरेको हो । जिल्ला कोभिड क्राइसेस मेनेजमेन्ट सेन्टरको बैठकले बेलुका ८ बजे पछी सबै खाले सवारी साधन, पसल बन्द गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा हस्ताक्षर गरिएको सूचनामा अत्यावश्यक काममा बाहेक सो समयभित्र हिंडडुल, सवारी साधनको आवतजावत, पसल व्यवसाय आदि नगर्न रोक लगाइएको हो । त्यसैगरी दशैंलाई लक्षित गर्दै प्रशासनले अबैध मदिरा उत्पादन तथा विक्री वितरण नगर्न, मदिरा सेवन गरेर सवारी नचलाउन, पटाका तथा आतिशवाजी वस्तुहरुको ओसारपसार नगर्न नगराउन, धार्मिक, सामाजिक तथा साँस्कृतिक सद्भाव विथोल्ने किसिमका गतिबिधिहरु नगर्न, विभिन्न संघ संगठन तथा संस्थाहरुले गर्ने शुभकामना आदानप्रदान जस्ता मानिस जम्मा भएर गरिने कार्यक्रमहरु नगर्न , ध्वनी प्रदुषण हुने गरी ठूलो आवाजमा माइक नबजाउन पनि सूचित गरेको छ । धार्मिक शक्तिपिठहरुमा नित्य पूजाबाहेक भेला भएर भीडभाड मेला बजार आदि लगाउन पनि रोक लगाइएको छ । जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले सो सम्बन्धिको निर्णय गरेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर