Aamsanchar

झापाका पत्रकार दम्पती लिला अनमोल र देवेन्द्र प्रसाईको व्यवसायिक यात्रा अमृतभोगमा

Author Image
सोमवार, कार्तिक ३, २०७७


चारपाने । झापाका एक परिचित संचारकर्मी रेडियो बिराटका सञ्चालक देबेन्द्र प्रसाई त्यसैगरी सामाजिक व्यक्तीहरु मारवाडी युवा मञ्च विर्तामोडका पूर्व अध्यक्ष दिपक मित्तल र माडवाडी सेवा समितिका पूर्व अध्यक्ष राजु शर्मा पारिकले अमृतभोग स्वीट्स एण्ड स्न्याक्स नामक मिठाई दोकान संचालनमा ल्याएका छन् ।

गुणस्तिरिय मिठाईको खोजिमा बिर्तामोडबाट अन्यत्र ग्राहकहरु जाने गरेकोको अवस्थालाई बुझेर अब बिर्तामोडमै ग्राहकले खोजे र चाहे अनुसारको मिठाई लगायतका खानेकुरा उपलब्ध गराउन अमृतभोग संचालनमा ल्याएको संचालक सदस्य देवेन्द्र प्रसाईले बताए ।  देवेन्द्र प्रसाईको सहभागिता संगै झापाकी एक सक्रिय पत्रकार, साहित्यकार, स्टेज कार्यक्रम संचालिका लिला अनमोलको नाम पनि यस व्यसायमा छोडिएको छ । संचालक प्रसाई र अनमोल दम्पती हुन् । पत्रकारितालाई पनि संग संगै अघिबढाउनैै यस व्यवसायमा पनि रमाउने पत्रकार प्रसाईले बताए ।

विर्तामोड–५ स्थित काँकरभिट्टा रोड दक्षिण कालीमन्दिरको छेउमा रहेको अमृतभोगको आज बिधीवत उद्घाटन भएको छ । सञ्चालक प्रसाईका पिता विष्णुप्रसाद प्रसाई तथा माता धनमाया प्रसाई र अर्का सञ्चालक मित्तलका पिता प्रयागराज मित्तल तथा माता प्रेम मित्तलले रिबन काटेर उद्घाटन गरेका थिए ।

सञ्चालक दिपक मित्तलले अमृतभोगमा ताजा, आफ्नै उत्पादन र मिसावटरहित शुद्ध मिठाइका परिकारहरु विक्री हुने बताए । उनले भने ‘अमृतभोगमा बिर्तामोडमा नपाईने स्वादिस्ट राजभोगलगायतका ५० किसिमका मिठाइ, १४ किसिमको चार्ट, १० प्रकारको डोसा, ५ प्रकारको मसला पितला, ६ स्वाद र आकारको रसभरी गरि छेनाबाट मात्र तयार परिने २२ प्रकारका मिठाई पाइने र पसलमा ७० लाख रुपैयाँ लगानी छ ।’

ग्राहकको सेवाको लागि तीन तला ठाउँ तयार बनाईएको छ । भुई तल्लामा मिठाई, दोस्रो  तलामा नास्ता, तेस्रो तलामा सोफा क्याबिन रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर