Aamsanchar

लालपानी–चन्द्रडाँगीमा बन्ने भयो झोलुङगे पुल

Author Image
मङ्गलवार, कार्तिक ४, २०७७

शिवगञ्ज । झापाको शिवसताक्षी नगरपालिका ७ को कनकाई नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

लालपानी चन्द्रडाँगी जोड्ने कनकाई नदीमा बन्ने झोलुङ्गे पुलको झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा २ का सदस्य हिरा थापा र शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले संयुक्त रुपमा सोमबार शिलान्यास गरेका छन् ।

पुल शिलान्यास गर्नेक्रममा प्रदेश सांसद हिरा थापाले जनताका अन्य समस्याहरुलाई पनि मध्यनजर गर्दै बिकासका कामहरु धमाधम अघि बढाउने बताए । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले निर्वाचन ताका जनता संग गरेका प्रतिवद्धताहरु क्रमश पुरा हुदै गएको बताएका छन् । उनले सबै बिकास निर्माणका काम नगरबासीको साथ र सहयोगमा सम्भव भएको बताए ।

लालपानी चन्द्रडाँगी जोड्ने कनकाई नदीमा तत्कालिन नेकपा एमालेले निर्वाचन घोषणा पत्रमै झोलुङ्गले पूल निर्माण गरि सर्वसाधरण जनताका समस्यालाई सम्बोधन गर्ने उल्लेख गरेको थियो । शिवसताक्षी नगरका प्रमुख शेर्माले भने, ‘हामीलाई तपार्ईको मत दिएर कार्यपालिकामा पठाएपछि हामीले गरेका बाचा पुरा हुदै जाने छन् । यहाँहरुको साथ र सहयोग अविछिन्न भइरहोस् ।’

झापा क्षेत्र नम्बर ४ नेकपाका क्षेत्रिय संयोजक राधाकृष्ण खनाल र पार्टीका शिवसताक्षी नगर सचिब धनवहादुर थेवेले पुलको आवश्यक्ताका बारेमा पटक पटक माथिल्लो तहमा कुरा उठाएको बताए । उनिहरुले सरकारले आवश्यक्ता भएको ठाँउमा लगानी गरेर सर्वसाधरणलाई राहत दिएको बताए ।

कनकाई नदीमा निर्माण हुने झोलुङ्गे पुल संघीय सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत झोलुङ्गे पुल निर्माण महाशाखाको बजेटबाट निर्माण हुने भएको हो । ६ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त पूल २०७८ असार सम्ममा निर्माण सम्पन्न हुने पशुपति हरिहर जेभीका प्रतिनिधि राजेश राउतले बताए । ‘समयमा रकम निकासा भयो भने असार सम्ममा पूल उपभोक्तालाई हस्तान्तरण गर्नेछौ,’ उनले भने । पुलको लम्बाई ६४४ मिटर रहेको छ ।

पुल निर्माण हुने भएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् । पुल नहुँदा बर्खाको समयमा एउटै वडाको दुई ठाउँका मानिसहरुलाई आवतजावतका लागि समस्या हुने गरेको थियो । लालपानीका स्थानीय सुरुङ्गा—दु्धे हुदै तीनवटा यातायातका साधन चढेर २२ किलोमिटर यात्रा गर्नुपरेको वडा अध्यक्ष नविन इजमले बताए । उनले भने, ‘लालपानीका सर्वसाधरणले १ सय कर तिर्न १ हजार र समयको खर्च गर्नुपर्ने बाध्यात्मक परिस्थितीबाट मुक्त हुने भएका छन ।’

कनकाईमा पुल निर्माण हुने भएपछि स्थानीयको आयआर्जनमा समेत वृद्धिहुने भएको छ । नदीको पानीको बहावमा ज्यान जोखिममा पारेर नदी वारपार गर्ने सर्वसाधरण पुल निर्माण हुने भएपछि खुसी भएका छन् । यो संगै कनकाइ नदिमा झुलुङ्गे पूलको संख्या २ पुगेको छ । यस अघि दोमुखामा झोलुङ्गे पूल निर्माण भएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर