Aamsanchar

मटर तस्करी रोक्न खोज्दा कैलालीमा असई विक र जवान साउदको हत्या भएको खुलासा

Author Image
मङ्गलवार, कार्तिक ४, २०७७

काठमाडौं । मटर तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्या भएको खुलेको छ । घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका ७ जनाले विक र साउदको हत्या गरेको स्वीकार्दै तस्करीमा अवरोध गरेकै कारण घटना भएको उल्लेख गरेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक ९एसएसपी० मुकेश सिंहका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकाका आधारमा समातिएका १३ जनामध्ये ६ जनाको संलग्नता देखिएको छैन । अन्यले भने अभियोग स्वीकारेका छन् ।

शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका वेला असई विक र जवान साउद तस्कर समूहको निशानामा परेका थिए । विकको शव आइतबार मोहना नदीमा भेटिएको थियो भने साउदको भेटिएको थिएन ।

सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीका अधिकारीहरुले खोज्दा पनि शव नभेटिइरहेका वेला पक्राउ परेका अभियुक्तले दुवैको हत्या स्वीकारेपछि खोजीलाई थप साँघुरो बनाइएको थियो । यसक्रममा विकको शव भेटिएको स्थानबाट २ सय मिटर उत्तर–पूर्वतर्फ मंगलबार साउद भेटिए । जमिनबाट करिब आधा फिट बालुवामा गाडिएको अवस्थामा उनको शव भेटिएको एसएसपी सिंह बताउँछन् । उनका अनुसार खाल्डोमा शवलाई फ्याकिएको थियो भने त्यसक्रममा बालुवा बगाएर पुरिएको पनि हुनसक्छ । जवान साउदको टाउकोमा लाठी र गद्र्धनमा फरुवाको जस्तो चोट देखिएको छ । असई विकको हराएको पेस्तोल र मोबाइल पनि नजिकै भेटिएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीले पत्रकार सम्मेलन गरेर मंगलबार घटनाबारे सार्वजनिक गर्दैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर