Aamsanchar

जोगवनीबाट लागुऔषध लिएर आउने दुईजना पक्राउ

Author Image
मङ्गलवार, कार्तिक ४, २०७७

प्रतिकात्मक तस्वीर

मोरङ । भारतको जोगवनीदेखि लागु औषध बोकेर आउदै गरेका दुई युवालाई मंगलबार बिराटनगरबाट प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१५ का ३१ वर्षीय शम्भु साह र ३० वर्षीय बिकी राईलाई प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले उनीहरुलाई विराटनगर–१६ दरैयाबाट बिहान ४ः१५ बजेतिर पक्राउ गरिएको बताए ।

पक्राउ परेकाहरुको साथबाट ६२ बोतल डाइलेक्स डीसी, एक सय ८७ ट्याब्लेट नाइट्रोसन र दुई सय ३८ ट्याब्लेट एस्पास्मोप्रोक्सिभन नाम लागुऔषध बरामद भएको जानकारी उनले दिए । पक्राउ परेकाहरुविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको खड्काले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर