Aamsanchar

‘सामाजिक सुरक्षा कार्यक्रम’ अन्तरगत सहारा (साकोस) चारपाने सेवा केन्द्रबाट १५ लाख वितरण

Author Image
बुधवार, कार्तिक ५, २०७७

चारपाने । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपाने सेवा केन्द्रले ४ जना दिवंगत शेयर सदस्यका परिवारका सदस्यहरुलाई र ७५ बर्ष नाघेका ४ जना जेष्ठ सदस्यलाई सामाजिक राहत रकम वितरण गरेको छ ।

चारपाने सेवा केन्द्रले मात्र यस बर्ष राहत वापत १५ लाख रुपैया वितरण गरेको हो ।  सेवा केन्द्रले बुधबार चारपाने स्थित सामुदायिक भवनमा उक्त राहत रकम वितरण गरेको थियो ।

सहारा नेपाल साकोसका सामाजिक सेवा उपसमिति संयोजक डिल्लीराम सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख प्रसाशक देबराज कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि कार्कीले दिवंगत शेयर सदस्यका परिवार र जेष्ठ नागरिकहरुलाई चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले यस्तो राम्रो कार्यक्रम ल्याउने दृष्टिकोण बनाउनु सहारा नेपालको सामाजिक कार्यले समाज रुपान्तरणमा गरेको योगदान उच्च रहेको बताए । उनले सहारा नेपाल सकोसले मानिसको जीवन संग जोडिने शिक्षा, स्वास्थ्य, रोजगार जस्ता कार्यक्रमले सदस्य, समुदाय र सरकारलाई फाईदा पुगेको बताए । सहाराको सामाजिक कार्यले स्थानिय सरकारलाई पनि प्रेरणा दिने उनको भनाई थियो ।

दिवंगत भएका शेयर सदस्यहरुका परिवारलाई परिवार राहत कार्यक्रम अन्तरगत राहत रकम वितहरण गरिएको थियो । साकोसका दिवंगत शेयर सदस्यहरु कृष्णबहादुर बन ५ लाख, समनकुमार विक ३ लाख, शान्ता सिटौला २ लाख र नवराज फूयालको नाममा १ लाख रुपैया वितरहण गरिएको थियो । उक्त रकम परिवारका सदस्यले बुझेका थिए । शेयर सदस्यहरुको संस्थामा प्रवेश, कृयाशिता, शेयर लगानीको आधारमा राहत वितहरण गरिएको चारपाने सेवा केन्द्र प्रमुख कार्यक्रम संचालक जगत कार्कीले जानकारी दिए ।

राहत वितरणकै क्रममा ७५ बर्ष नाघेका चारपाने सेवा केन्द्रमा आवद्ध ४ जेष्ठ शेयर सदस्यहरुलाई पनि सामाजिक राहत भत्ता वितरण गरिएको थियो ।
जेष्ठ सदस्यहरुलाई जनही १ लाखका दरले रकम प्रदान गरिएको थियो । रकम पाउनेहरुमा माधवप्रसाद नेपाल, रामप्रसाद पोखरेल, खड्गबहादुर पुरी, प्रभूलाल राजवंशी रहेका छन् ।

कार्यक्रममा अनुगमन अधिकृत घनश्याम रायले कार्यक्रमको औचित्यमाथी प्रकास र स्वागत गरेका थिए ।

कार्यक्रममा सम्मानित जेष्ठ सदस्यका तर्फबाट खड्गबहादुर पुरीले सहाराको कार्यप्रति सन्तुष्टि भएको बताउँदै धन्यवाद दिएका थिए ।संस्थाले यस बर्ष ५३ लाख भन्दा धेरै रकम सामाजिक राहत वितरणमा खर्च गर्ने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)