Aamsanchar

नवरात्रको छैटौं दिन ‘कात्यायनी’ को महत्त्व

Author Image
बिहिवार, कार्तिक ६, २०७७

नवरात्रको छैटौं दिन कात्यायनी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा , आफ्नो छैटौं स्वरूपमा चन्द्रघण्टाको नामले प्रसिद्ध हुनुहुन्छ । पौराणिक कथा अनुसार कत नामको एक प्रशिद्ध महर्षि हुनुहुन्थ्यो, वहाँको पुत्र कात्य भए र त्यहि कात्यको गोत्रमा प्रसिद्ध ऋषि कात्यायन उत्पन्न हुनुभयो । वहाँले देवी दुर्गालाई पुत्रीको रूपमा प्राप्त गर्न धेरै वर्षसम्म कठिन तपस्या गर्नुभयो र ऋषि कात्यायनको इच्छानुसार नै दुर्गमासुर संहारिका माता दुर्गाले ऋषिको घरमा पुत्रीको रूपमा जन्म लिनुभयो र कात्यायनी नामले प्रसिद्ध हुनुभयो । मस्तकमा अर्ध चन्द्र धारण गरेकी देवी नाना प्रकारको अलंकार या आभूषणबाट सुशोभित छ र चार भुजाले युक्त हुनुहुन्छ, आफ्नो दाहिने हातले दुर्गाभवानी वर तथा अभय मुद्रा प्रदर्शित गरिरहनु भएको तथा बायाँ हातमा पद्, पुष्प तथा तरवार धारण गरेकी हुनुहुन्छ । कात्यायनी देवीको सिंह वाहन हो र देवी कात्यायनी सिंहमा आरूढ हुनुहुन्छ ।

महिषासुर नामको दैत्यले एक समयमा देवताहरूलाई आक्रमण गरेर स्वर्गबाट बाहिर निकालिदियो र तीनै लोकमा अत्याचार गर्नथालो । ब्रह्माजीको कठोर तपस्या गरेर दैत्य राजाले वरदान प्राप्त गरे की उसको मृत्यु कुनै स्त्रीको हातबाट मात्र हुन सकोस् । ब्रह्मा, विष्णु, शंकर, ईन्द्र, यम, वरुणआदि समस्त देवताहरूले आफ्नो आफ्नो तेजको अंशबाट एक शक्तिलाई उत्पन्न गराए र उनै शक्तिलाई आफ्नो आफ्नो नाना प्रकारका अस्त्र शस्त्र युक्त शक्तिहरू प्रदान गर्नुभयो । महर्षि कात्यायनले नै सर्वप्रथम यिनै देवीको पूजा गर्नुभएको थियो, परिणामस्वरूप वहाँको नाम कात्यायनी रहन गयो र पछि महिषासुरलाई वध गरेपछि देवीको महिषासुरमर्दिनी दुर्गा नाम प्रसिद्ध भयो । आश्विन कृष्ण चतुर्दशीको दिन वहाँको प्रादुर्भाव भयो र त्यसपछि शुक्ल सप्तमी, अष्टमी, नवमी यिनै तीन दिनमा महर्षि कात्यायनले देवताहरूको तेज पुञ्जबाट प्रकट भएको त्यो दिव्य शक्तिको विधिवत पूजा आराधना गर्नुभयो र अन्ततः दशमीको दिन देवीले महिषासुर दैत्यको वध गर्नुभयो ।

कात्यायनीको स्वरूप अत्यन्त नै दिव्य एवं भव्य छ, ब्रज मण्डलकी अधिष्ठात्री देवी कात्यायनी भगवान् श्रीकृष्णको पतिको रूपमा गर्नको लागी ब्रजका गोपिनीहरूले कात्यायनी देवीको आराधना गरेका थिए । नवरात्रको छैटौं दिन अर्थात् षष्ठी तिथि यिनै कात्यायनीलाई समर्पित छ । कात्यायनी माताको श्रद्धा एवं भक्तिले गरेको पूजा एवं पाठका प्रभावले अविवाहिताहरूको यथाशीघ्र विवाह हुने र उपासना गरे एकदमै सरलता पूर्वक अर्थ, धर्म, काम तथा मोक्षलाई प्राप्त गर्न सकिन्छ र जन्म जन्मान्तरको पाप नष्ट हुने शास्त्रोक्त कथन रहेको छ । कात्यायनीलाई विशेष गरी गुलियो परिकारहरू प्रिय छन् । कात्यायनीलाई वैज्ञानिक दृष्टिले ल्गअभिबच अर्थात् ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ । अस्तु । ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 808

प्रतिक्रिया (०)

सम्बन्धित खबर