Aamsanchar

हत्या गरिएका असई र प्रहरी जवानको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २/२ लाख दिने

Author Image
बिहिवार, कार्तिक ६, २०७७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो ।

तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरुको सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए । तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुख समेत रहेका (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरिएको थियो । शनिबार साँझ ड्युटिमा गएका बेला दुबै जना बेपत्ता भएका थिए । असईको शव आइतबार र प्रहरी जवानको शव मंगलबार मोहना नदीमा फेला परेको थियो । प्रहरीले हत्या अभियोगमा ८ जनालाई पक्राउ गरेको छ । ८ जनाले नै हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर