Aamsanchar

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु, तीन हजार ६३७ संक्रमित थपिए

Author Image
बिहिवार, कार्तिक ६, २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु भएको हो । बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको थियो । मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो । सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो । आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो । गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । शनिबार कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको हो । हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ६३७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६३७ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार २१५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख २ हजार ८२० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव २ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार २५५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ५० हजार १५२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १३ हजार ३३९ जना र होम आइसोलेसनमा ३१ हजार ५३८ जना रहेका छन् । आजसम्म देशभर तीन हजार ७५२ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर