Aamsanchar

फूलपाती बढाइँ साङ्केतिक रुपमा मात्र

Author Image
शुक्रवार, कार्तिक ७, २०७७

काठमाण्डाै – नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गर्दैछ । आज दिउँसो झण्डै आधा घण्टा हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी फूलपाती बढाइँ समारोहमा सहभागी हुने कार्यक्रम छ । यसवर्षको फूलपाती बढाइँ साङ्केतिक रुपमा मात्र आयोजना गरिने नेपाली सेनाले जनाएको छ । अघिल्ला वर्षहरुमा सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ हर्षोल्लासका साथ मनाउँदै आएको थियो ।

कोराेनाको सङ्क्रमणबाट उत्पन्न परिस्थितिका कारण संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतिकात्मक रूपमा मात्र यस वर्षको फूलपाती बढाइँ आयोजना गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताउनुभयो । कार्यक्रममा सहभागी हुनेहरुलाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 391

प्रतिक्रिया (०)

सम्बन्धित खबर