Aamsanchar

विराटनगरको नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु

Author Image
शुक्रवार, कार्तिक ७, २०७७

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको नोबेल मेडिकल कलेज विराटनगरका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार ती पुरुषमा फोक्सो र मिर्गौला सम्बन्धी समस्या थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी ५ कात्तिक विहान भर्ना भएका थिए । सोही दिन बेलुका कोरोना पोजेटिभ देखिएको थियो ।

शुक्रबार बिहान करिब ४ बजे धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । दाहालका अनुसार महिला २९ असोजमा नोबेल मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सोही दिन उनलाई कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा श्वासप्रश्वास र मधुमेह सम्बन्धी रोग थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर