Aamsanchar

दसैंमा पूर्वी नाका, कति सहज कति असहज ?

Author Image
शनिवार, कार्तिक ८, २०७७

आज नाका सम्मको यात्रा अरु बेला जस्तै सहज भएन कांकडभिट्टा भन्सार अगाडि रहेका सुरक्षाकर्मीले सोधनु भयो, कहाँ जानु हुन्छ र किन?

मैले जवाब फर्काए सिमाक्षेत्रको बारेमा स्थलगत रिपोटिङ गर्ने, उता बाट जवाब आयो परिचय पत्र हेरौ त?

मैले आफ्नो परिचय पत्र देखाए र पैदल मेची पूल तीर लागे, नवनिर्मित एशियन राजमार्गको समापन पछि यो नाका अन्तर्राष्ट्रीय स्थरको भइसकेको रहेछ । तर पुरानो मेची पूलको दृश्य पछिल्लो सालको दशैं भन्दा भिन्न थियो, यो चार्डमा खुट्टा टेक्न समेत  ठाउँ नहुने गरि भिड हुने स्थान यस बर्ष मेची पुल कोरोना महामारीले गर्दा बिरान र सुनसान छ ।

नाकाको अवस्था र नियम
खास गरी मेची पुलमा माल बाहक सवारी साधन, सिमापारी पानीटंकी बजारमा दैनिक उपोभोग्य बस्तु, कपड़ा लत्ता किनमेल गर्ने र नेपाल फर्किने यात्रिको चाप हुने गर्दथियो तर कोरोना संक्रमणका कारण नेपाल सरकारले सिमाना बन्द गरे पछि यो नाका सुनसान हुन पुगेकोछ । अहिले यहाँ केवल नेपाल फर्किने या भारत तीर जानेको मात्र उपस्तिथि देखिन्छ ।

नेपाल फर्किन के गर्नु पर्छ ?
सिमा सशत्र बलका एक हवालदारका अनुसार अहिले दैनिक रुपमा दुई देखि तिन सयको संख्यामा नेपाल फर्किनेहरुको दैनिक जसो स्वदेश फकिृई रहेका छन् । यो संख्या केही दिन देखि बढने क्रम रहेको छ । नेपाल प्रवेश गर्नको लागी नेपाली नागरिकको परिचय पत्र र ७२ घण्टे पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । तर नेपाल सिमानामा रहेको स्वस्थ चौकी अनुसार नेपाल भित्रीने केवल २५ देखी ३०५ ले मात्र मान्यता प्राप्त पीसीआर गरेको पाइन्छ । स्वास्थ चौकीले सूचीकृत ल्यावबाट व्यक्तिको नाम उमेर ,पीसीआर बिधि खुलेको रिपोर्टलाई मात्र मान्यता दिदै आएको छ । पीसीआर रिपोर्ट नहुने सर्वसाधारणलाई काकरभिट्ठा स्थीत होल्डिंग सेंटरमा राखेर सम्बन्धित निकायमा पठाउने व्यवस्था गरिदै आइृएको छ ।

भारत जान पालना गर्नु पर्ने नियम के छ त ?
भारत जाने हरूलाई प्रवेशको भारतीय नागरिकको परिचय पत्र अनिवार्य गरिएको छ । तर स्वास्थ इमरजेन्सी अन्तर्गत संबधित स्थानिय निकयको सिफारिस र अस्पतालको रेफेर लेटरको आधारमा उपचारको लागि नेपाली नागरिकलाई पनि भारत प्रवेश अनुमति प्रदान गर्दै आएको भारतीय सीमा सुरक्षा बलका एक कर्मचारीले जनाए । आवत जावत गर्नका लागी सवारी साधन निषेध गरिएको छ भने विशेष परिस्थीतीका लागि सिटी रिक्साको प्रयोगको अनुमति दिने गरेको पाइएकोछ, पैदल यात्रीको समान बोक्ने भरियाहरु पुल सम्म र्निधक्क बनेर काम गरिरहेको पाईयो ।

औषाधि लिन या त्यस्तै कुनै बिशेष कार्यको लगि पानीटंकी सम्म जान चाहानुहुन्छ भने आवश्यक कागजात र कारण देखएर नजिकको पानीटंकी सम्म जाने अनुमति भारत प्रसाशनलले दिन थालेको छ ।
दशैको बेला वृहत ब्यापार गर्ने सीमा पारिको बाजार पानी टंकी सुनसान रहेको जानकारी प्राप्त भउके छ । “सुरक्षा का कारणले गर्दा भारतिय सिमा सुरक्षा ले सिमा बलले सीमापरिको फोटो खिच्ने अनुमति पाईएन । “

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर