Aamsanchar

यसरी पकाउन सकिन्छ चिकेन अफ्रिटाडा

Author Image
शनिवार, कार्तिक ८, २०७७

के तपाईंलाई मासु मनपर्छरु मासुको सौखिन भए यो लेख तपाईंका लागि फाइदाजनक हुन सक्छ। हामीमध्ये धेरै मासुबाट तयार पार्न सकिने विभिन्न परिकारबारे कमै जानकार छौं। मासुबाट कुनै नयाँ परिकार बनाएर आफू र परिवारका सदस्यलाई खुवाउन चाहनुहुन्छ भने तपाईंलाई आज हामी नयाँ परिकार बनाउन सिकाउँदै छौं।

यो परिकार कुखुराको मासुबाट बनाइन्छ र यसको नाम हो चिकेन अफ्रिटाडा।

चिकेन अफ्रिटाडा फिलिपिन्सको प्रसिद्ध परिकार हो। हामीले कस्मोपोलिटियन सेफ कुमार चालिसेको सहयोगमा तपाईंलाई कुखुराको मासुबाट यो परिकार पकाउन सिकाउने प्रयास गरेका हौं।

तयार गर्ने अवधिः ३० मिनेट

पकाउने अवधिः ३० मिनेट

आवश्यक सामग्रीः

साना टुक्रामा काटिएको हड्डी नभएको ११५ ग्राम कुखुराको फलमासु

२ चम्चा सोय सस

आधा कागतीको रस

२ पाउन्ड खसीको कलेजो

५ चम्चा ओलिभ ओयल (जैतुनको तेल)

२ पिस आलु (चौथाइ काटेको)

१ पिस प्याज(मसिनो गरी काटेको)

लसुन २ पोटी (पिसेको)

२ पिस ठूला टमाटर (मसिनो पारेर काटेको)

एउटा हरियो भेडे खुर्सानीरक्याप्सिकम (टुक्र्याइएको)

नुन र मरिच (स्वाद अनुसारको मात्रा लिने)

पकाउने विधि

१। सर्वप्रथम सम्पूर्ण पूर्व तयारी गरिसक्ने।

२। त्यसपछि सबै सामग्री र उपकरण तयार पार्ने।

३। चिकेनलाई ठूलो भाँडामा राखेर त्यो डुब्ने गरी प्रशस्त पानी हाल्ने।

४। सोय सस र कागतीको रस उक्त पानीमा मिसाएर चलाउने।

५। यसलाई ५ मिनेटसम्म उमाल्ने र चिकेनलाई निकालेर पानीमा राख्ने।

६। भाँडामा पुनः ताजा पानी भरेर मटन कलेजोलाई ५ मिनेट उमाल्ने।

७। अनि कलेजोलाई सेलाउन दिएर खान मिल्ने स­साना टुक्रा पार्ने।

८। ३ चम्चा ओलिभ ओयललाई मन्द आँचमा बसालेको तावामा तताउने र आलुलाई रातो हुने गरी ७ देखि १० मिनेटसम्म फ्राइ गर्ने।

९। पेपर टावल बिछ्याइएको प्लेटमा आलुलाई खन्याउने।

१०। थप २ चम्चा ओलिभ ओयललाई तावामा तताउने अनि बासना नआउञ्जेल २ देखि ५ मिनेटसम्म लसुन र प्याज फुराउने।

११। त्यसमा हड्डीरहित चिकेन तथा कलेजो हाल्ने र छोपेर ५ मिनेटसम्म पकाउने। त्यसमा टमाटर थपेर चलाउँदै ५ मिनेट पकाउने।

१२। आलु र क्याप्सिकम पनि तावामा थपेर नुन र मरिचले छर्केर अर्को ५ मिनेट पकाउने।

त्यसपछि यसरी पकाइएको भएको चिकेज अफ्रिटाडा खानलाई तयार हुन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर