Aamsanchar

ललितपुरको नख्खुमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो, एक जना घाइते

Author Image
आइतवार, कार्तिक ९, २०७७

ललितपुर । ललितपुरको नख्खुमा आइतबार विहाननै भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक सिरहा घर भइ ललितपुरको थकसीखेलका २८ वर्षीय इलु घलेको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै मोटरसाइकलका पछाडि बस्ने मकवानपुर हात्तीसुढे घर भइ ललितपुरको जावलाखेल बस्ने २१ वर्षीय सजित परियारको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर