Aamsanchar

पनीरको अनेक परिकार बनाउने विधि

Author Image
आइतवार, कार्तिक ९, २०७७

पनिर एक दुग्ध उत्पादन हो । पनिर स्वादिष्ट परिकारको रुपमा परिचित छ । त्यसैले घरमा सामान्य कार्यक्रममा पनि मानिसहरु पनिरको परिकार बनाउँन चाहान्छन् । स्वास्थ्यका लागि फाइदाजनक र स्वादका लागि पनि पनिरलाई उत्कृष्ट मान्ने गरिन्छ ।

पनीरका विभिन्न परिकार :

पनिरको भुजुरी
आवश्यक सामग्री :
पनिर २ सय ग्राम,प्याज १ वटा, अदुवा र लसुनको पेस्ट १ चम्चा, नुन–खुर्सानीको धूलो आवश्यकता अनुसार, बेसार आवश्यकता अनुसार, गोलभेंडा १ वटा, हरियो खुर्सानी ३ वटा ।

विधि :
पनिरलाई मसिनो गरी काट्ने । त्यसलाई ठिक्कको गोल्डेन हुने गरी फ्राई गर्ने । प्याज–मसला हालेर अदुवा–लसुनको पेस्ट तथा हरियो खुर्सानीका साथ फ्राई गर्ने ।

पनिर करी
सामग्री :

पनिर १ सय ग्राम, हरियो केराउ (उसिनेको) ७५ ग्राम, प्याज (मसिनो गरी काटेको) २० ग्राम, गोलभेंडा (मसिनो गरी काटेको)२० ग्राम, अदुवा-लसुन पिसेको १० ग्राम, टोम्याटो प्युरी २० ग्राम, काजु पिसेको ३० ग्राम, घिउ बटर वा तेल २० ग्राम, ताजा क्रिम १ ठूलो चम्चा, बटर १ सानो चम्चा, हरियो धनियाँ १ सानो मुठा ।

विधि :

एउटा कराहीमा तेल तताउने र त्यसमा प्याज भुट्ने । प्याज गलेपछि गोलभेंडा भुट्ने र अदुवा – लसुनको पेस्ट मिसाउने, त्यसपछि मसला, जिरा, खुर्सानी, धनियाँ, बेसार, रातो खुर्सानी, मिट मसला हाली चलाउने र पिसेको काजु मिसाउने । त्यसमा एक कपजति पानी हाली उमाल्ने । बाक्लो भएपछि पनिर तथा उसिनेको केराउ हालेर फेरि एकछिन पकाउने । अन्त्यमा बटर, ताजा क्रिम र धनियाँ हालेर चलाएपछि निकाल्ने । पनिर करी खाना सँग वा रोटीसँग खान सकिन्छ ।

ब्रेड पनीर कटलेट
सामग्री :

स्लाइस ब्रेड १० पिस, पनिर २ सय ग्राम, जिरा पाउडर २० ग्राम, रातो खुर्सानी पाउडर १५ ग्राम, नुन स्वादअनुसार, धनियाँको पात थोरै, तेल ३ सय मिलिलिटर ।

विधि :

पनिर काटेर कराहीमा तेल हाली हल्का आँचमा एकछिन फ्राई गरी निकाल्ने र त्यसमा जिराको पाउडर, खुर्सानीको पाउडर, नुन स्वाद अनुसार तथा धनियाँ पात मिसाएर पनिरलाई किमा जस्तै हुने गरी मोल्ने। एज कटिङ गरिएको स्लाइस ब्रेडलाई पानीमा थोरै भिजाउने अनि दुई हत्केलाले हल्का प्रेस गरी पानी निचोरी त्यसमा मोलेको पनिर राख्ने र ब्रेडलाई हातले मोडी हल्का प्रेस गरी अण्डाकार वा लाम्चो सेप दिने। कराहीमा तेल हाली ब्रेडलाई डिप फ्राई गर्ने। ब्रेडको रंग खैरो भएपछि निकाल्ने। तयार भएको ब्रेड पनिर कटलेटलाई प्लेटमा ग्रीन सलाद तथा टोमाटो सस सँग सर्भ गर्ने। सजावटका लागि माथिबाट बोइल एग कटिङ गरी राख्न सकिन्छ।

पनीर चिल्ली
सामग्री :

पनिर ३ सय ग्राम, प्याज १ सय ग्राम, टमाटर १ सय ग्राम, भेंडेखुर्सानी १ सय ग्राम (भेंडेखुर्सानी नभए हरियो खुर्सानी ५० ग्राम), धनियाँको पात थोरै, टमाटर सस ३० ग्राम, जिरा पाउडर २० ग्राम, रातो खुर्सानीको पाउडर २० ग्राम, बेसार ५ ग्राम, नुन स्वाद अनुसार, तेल २ सय मिलिलिटर।

विधि :

पनिरलाई हल्का पखाली एउटै साइजमा काट्ने अनि प्यानमा तेल तताई पनिर फ्राई गर्ने। खैरो भएपछि निकालेर एउटा बाउलमा राख्ने अनि नरम बनाउन पानीमा केही बेर भिजाउने (अन्दाजी २ मिनेट)। भेंडेखुर्सानी, प्याज तथा टमाटरलाई ठूलो साइजमा समान रूपमा काट्ने। अर्को प्यानमा तेल तताएर बेसार हाली कटिङ गरेको भेंडेखुर्सानी वा हरियो खुर्सानी, प्याज र टमाटरलाई हल्का आँचमा फ्राई गर्ने र खुर्सानीको पाउडर, जिराको पाउडर अनि स्वाद अनुसार नुन हाल्ने र भिजाएर राखेको फ्राई पनीरका साथ हल्का चलाउने। अन्त्यमा टोमाटो सस हाली एकपल्ट राम्रोसँग चलाई प्लेटमा सर्भ गर्ने। सजावटका लागि माथिबाट धनियाँको पात छर्कने।

पनीरको फाइदा :
दाँत र हड्डी
पनिरको सबै भन्दा लाभ यो छ की यसले तपाईको हड्डी र दाँतलाई मजबुत राख्ने काम गर्छ । यसमा रहेको क्यालसियम र फासफोरसका कारण दाँत र हड्डी मजबुत बनाउँछ । दैनिक पनिर खानाले हड्डीमा रहेको समस्या पनि कम भएर जान्छ ।

मेटाबोलिजम
पाँचनप्रणालीका लागि मेटाबोलिजमले महत्वपूणै भूमिका खेल्ने काम गर्छ । पनिरमा अध्याधिक डायट्री फाइबर हुन्छ । जसका कारण पाँचन प्रणालीमा यसले महत्वपूर्ण काम गर्छ । यसले पाँचन प्रणाली सुचारु गर्न लागि पनि मद्धत गर्छ ।

क्यान्सर
हालै गरिएको एक अध्ययनले पनिर खानाले क्यान्सरको खतरालाई कम गर्ने जनाएको छ । पेटको क्यान्सर, क्लोनको क्यान्सर र ब्रेस्ट क्यान्सरको उपचारमा पनि पनिरले महत्वपूर्ण भूमिका खेल्ने काम गर्छ ।

डाइबेटिज
ओमेगा ३ ले भरपुर पनिर डाइबेटिजका विरामीलाई निकै राम्रो गर्दछ । विशेषज्ञका अनुसार डाइबेटिजका रोगीहरुले दिनहँु पनिर खानु स्वास्थयका लागि फाइदाजनक छ । दुवै खाले डाइबेटिज रोगीले पनिर खान सक्छन ।

तुरुन्त शक्ति प्रदान गर्दछ
दुधबाट पनिर बनेका कारण पनिरमा दुधको भरपुर गुणहरु हुने गर्छ । यसमा उर्जा पनि उत्तिकै हुने गर्छ । शरिरमा तुरुन्त इनर्जी दिने काम गर्छ । व्यायाम गर्नेहरुले पनिर खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर