Aamsanchar

पछिल्लो २४ घण्टाभित्र झापामा कोरोनाका कारण ३ जनाको मृत्यु, ३१ जनामा संक्रमण पुस्टी

Author Image
शनिवार, कार्तिक १५, २०७७

पछिल्लो २४ घण्टाभित्र झापामा कोरोना संक्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बिर्तामोड र गौरीगञ्जका रहेका छन् । मृत्यु हुने सबै पुरुष छन् । बिर्तामोड ५ र ७ नम्बर वडाका ६५ र ७९ वर्षीय पुरुषको संक्रमणका कारण ज्यान गएको छ । त्यस्तै, गौरीगञ्ज ६ का ७३ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा झापामा थप ३१ जना कोरोना संक्रमण पुस्टी भएको छ । थपिएकामध्ये १४ महिला र १७ जना पुरुष छन् । संक्रमितमध्ये सबैभन्दा बढी कनकाई नगरपालिकाका ८ जना छन् । जसमा ६ महिला र २ जना पुरुष रहेका छन् । उनिहरु ३, ५ र ७ नम्बर वडाका हुन् । त्यस्तै, बिर्तामोडको वडा नम्बर २, ४ र ५ का १ महिला र ५ पुरुष, दमकको वडा नम्बर १, ४, ५ र ७ का २ महिला र ४ पुरुष गरि ६ जना, मेचीनगरको २, ६ र ७ नम्बर वडाका २ महिला, २ पुरुष गरि ४ जना , भद्रपुरको १ र ८ नम्बर वडाका १ महिला र २ पुरुष गरि ३ जना, बुद्धशान्तिमा २ महिला मा संक्रमण्म देखिएको छ उनिहरु वडा नम्बर १ का हुन् । शिवसताक्षी वडा नम्बर ४ र हल्दिबारी वडा नम्बर ४ मा १–१ जना पुरुषमा संक्रमण पुष्टि भएको जिल्ल स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर