Aamsanchar

झापामा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

Author Image
शनिवार, कार्तिक १५, २०७७

झापा , कात्तिक १५ । प्रतिबन्धित लागूऔषध भारतबाट नेपाल भित्र्याउँदै गर्दा एक भारतीय नागरिक पक्राउ परेका छन् । आज दिउँसो मेचीनगर नगरपालिका वडा नं. ६ मा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ लुकाई छिपाई ब्राउनसुगर ल्याउँदै गर्दा पश्चिम बंगाल खोरीबारी बस्ने बर्ष २५ का सादिक आलमलाई पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा आलमको साथबाट २६ ग्राम (प्लाष्टिक बाहेक) ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ । उनलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर