Aamsanchar

गैँडाको आक्रमणमा परि एक जनाको ज्यान गयो

Author Image
आइतवार, कार्तिक १६, २०७७


नवलपरासी : नवलपरासीको पूर्व नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका १७ कुलेनीमा गैँडाको आक्रमणमा परि ६५ वर्षका जंगिलाल मुखियाको ज्यान गएको वडा अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान खेतमा तोरी छर्न जाने क्रममा मुखियालाई गैँडाले आक्रमण गरेको हो ।

उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै उहाँको ज्यान गएको वडा अध्यक्ष आचार्यले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर