Aamsanchar

जुवा खालमा प्रहरीले छापामार्दा पूर्वमन्त्री खोभारी राय सहित १० जना पक्राउ

Author Image
आइतवार, कार्तिक १६, २०७७

काठमाडौं । पूर्व राज्यमन्त्री खोभारी राय जुवा खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, विक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत भण्डारी, कान्छा तामाङ, धर्मलाल तामाङ लगायत छन् ।

एसएसपी ज्ञवालीका अनुसार जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको छ । खोभारी राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए । २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

विवादित छविका खोभारी राय त्यसयता राजनीतिमा निष्कृय छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 333

प्रतिक्रिया (०)

सम्बन्धित खबर