Aamsanchar

तीन किलो अफिमसहित एक जना पक्राउ

Author Image
आइतवार, कार्तिक १६, २०७७


दाङ : तीन किलो लागुऔषध (अफिम) सहित रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका चन्द्रप्रकाश वली पक्राउ परेका छन् । दाङ र बाँकेको सीमा क्षेत्र बाँकेको शिवखोलाबाट २७ वर्षीय वलीलाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ । विशेष सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरीले शिवखोलामा शङ्कास्पद रुपमा बसिरहेका वलीको झोलामा जाँच गर्दा तीन किलो अफिम बरामद गरेको प्रहरीले बताएको छ ।

प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले दाङ र बाँकेको सिमाना राप्तीसोनारी गाउँपालिका १ को शिवखोलाबाट वलीलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर