Aamsanchar

पक्की पुल सेल्फी खिच्न, बाँसको खोला तर्न

Author Image
आइतवार, कार्तिक १६, २०७७


मोरङ ।  मोरङ र झापालाई जोड्ने रतुवा खोलामा पक्की पुल निर्माण भईसकेको छ । तर खोला तर्न पुलमुनी अर्को बाँसको पुल लगाइएको छ ।

मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगञ्जकालाई छुट्याएको रतुवाखोलामा पक्की पुलमुनी कच्चा बाँसको पुलको सहारा स्थानीयले लिने गरेका हुन् ।

मोरङको आमबाडीबाट हुलाकीमार्ग हुँदै झापाको गौरीगञ्जतर्फ जाने र गौरीगञ्ज हुँदै मोरङमा आउनेहरु रतुवा खोलामाथि बनेको पुल हेर्छन् मात्रै । नयाँ भए पुल देखेर छक्क पर्दछन् । जमिनको सतहभन्दा पुल अग्लो स्थानमा छ । जमिनको सतहलाई पुलले नछोएका कारण पुल
मुनी अर्को पुल लगाएर स्थानीयले वारपार गर्नुपर्ने अवस्था छ । बाँसको पुलबाट मोटरसाइकल र साइकल डोहो ¥याउँदै हिड्ने कतिपय बटुवा खोला बीचमा पुगेपछि लड्छन् । अत्तालिदैं उठ्छन् र पुनः दुःख र कष्टसहित खोला पार गर्दछन् । पक्ककी पुल सेल्फी खिच्न, बासको पुल खोला तर्नको अबस्था रहेको छ ।

हुलाकी राजमार्ग भएर आवतजावतमा सहज बनाउन २०६५ साउन १ गते यो पुलको शिलन्यास गरिएको थियो । सातवर्षपछि २०७२ साल जेठमा रतुवाको पुल निर्माण सम्पन्न भएको हो । राज्यको दश करोड ४१ लाख ९४ हजार ९२८ रुपैँया खर्चेर बनाइएको पुल भने स्थानीयको ओहोरदोहोरमा समेत प्रयोग गर्नसक्ने अवस्थामा छैन ।

निर्माण भएर पनि प्रयोग गर्नसक्ने गरि त्यसले पूर्णता पाएको छैन । २०५ मिटर लम्बाई र साढे सात मिटर चौडाईको पुललाई ९ वटा पीलर राखिएको छ । तर, खोला तर्न भने स्थानीयले बनाएको बाँसको पुलको सहयोग लिनुपर्ने बाध्यता रहेको हो ।

स्थानीयले बाँसको पुलबाट खोला तर्न समेत पैसा बुझाउँदै आउनु परेको छ । मोटरसाइकल तार्न ३० र साइकल तार्न २०, पैदल यात्री तर्न १० रुपैँया बुझाउनु पर्ने स्थानीय कैलाश श्रेष्ठ बताउछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 268

प्रतिक्रिया (०)