Aamsanchar

ठेकेदार सैलुङ्ग कन्स्ट्रक्सनले सडक नबनाएपछि ललितपुर सुनाकोठीका बासिन्दाद्वारा अनिश्चितकालिन सडक बन्द

Author Image
सोमवार, कार्तिक १७, २०७७

ललितपुर : ललितपुरको सुनाकोठीका बासिन्दाले सडक बन्द गरेका छन् । लामो समयदेखि सडक कालोपत्र गर्न माग गर्दै आए पनि कालोपत्रे नभएको भन्दै उनीहरुले अनिश्चितकालीन सडक बन्दको घोषणा गरेका हुन् । विस्तारका लागि सडक भत्काएर अलपत्र छाड्दा धुलो र हिलोले आफूहरु पीडित भएको सुनकोठीका बासिन्दाले बताएका छन् । चार महिनाअघि पनि त्यहाँका बासिन्दाले सडक कालोपत्रेको माग गर्दै आन्दोलन गरेका थिए । त्यसबेला तत्कालै सडक कालोपत्र गर्ने सहमति भए पनि काम नभए पनि फेरि आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् । बाटो बनाउन ६ वर्ष अघि नै जिम्मा लिएको सैलुङ्ग कन्स्ट्रक्सनका ठेकेदारले पटकपटक वचन दिए पनि काम नगर्दा समस्या भएको हो ।

शैलुङ कन्स्ट्रक्सनका मालिक नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी सारदाप्रसाद अधिकारीले सडक अलपत्र पारेको भन्दै सुनाकोठीका बासिन्दाले घरबेटी भएकै कारण सडक अलपत्र पार्नेले उन्मूक्ति पाउन नहुने बताएका छन् । अब सहमति नगर्ने र तुरुन्तै काम सुरु गरेको अवस्थामा मात्रै सडक खोलिने स्थानीय बासिन्दाले अडान लिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर