Aamsanchar

झापामा ५९ जना कोरोना संक्रमित थपिए

Author Image
सोमवार, कार्तिक १७, २०७७

झापा । झापामा पछिल्लो २४ घण्टाभित्र   ५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । संक्रमितमध्ये २४ महिला र ३५ पुरुष छन् । सबैभन्दा बढी कनकाई नगरपालिकामा १४ जना संक्रमित थपिए ।

कनकाईमा ५ महिला र ९ पुरुष, बिर्तामोडमा ७ महिला र ६ पुरुष, दमकमा २ महिला र ७ पुरुष, अर्जुनधारामा ३ महिला र २ पुरुष र गौरादहमा २ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसैगरी, शिवसताक्षीमा ४ पुरुष, कमल गाउँपालिकामा २ महिला १ पुरुष, भद्रपुरमा १ पुरुष, १ महिला, झापा र गौरीगंजमा १ १ पुरुष र बुद्धशान्ति गाउँपालिकामा २ जना महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै स्थानीय बासिन्दा हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर