Aamsanchar

नयाँ ठाउँ घुम्न जानेहरुलाई पानीटारले स्वागत गरिरहेको छ

Author Image
मङ्गलवार, कार्तिक १८, २०७७

इलाम भन्ने बितिकै हरित जिल्लाको रुपमा चिनिन्छ, बर्षको बाह्रै महिना इलामका सबै ठाउँ हरियाली नै देख्न सकिन्छ । त्यहाँको मौसम र उर्भर माटो इलामलाई प्रकृतिले दिएको बरदान हो ।
देशकै हिसावमा इलाम पर्यटन क्षेत्रको लागि एक उपयुक्त गन्तव्य पनि हो । कन्याम, श्रीअन्तु, माई पोखरी, सन्दकपुर मुख्य पर्यटकिय स्थानमा पर्छन । यि ठाउँमा हजारौं पर्यटकहरुले एक पटक मात्र हैन पटक पटक सो ठाउँमा पुगेर प्राकृतिक आनन्द लिई सकेका छन् ।
पर्यटकहरुका लागि एकै ठाउँ भन्दा फरक फरक ठाउँमा पुग्ने र त्याहाँका शुन्दर दृष्यलाई निहाल्दै क्यामरामा कैद गर्ने रहर ईच्छा सबैले बनाएका हुन्छन् । तर छोटो दुरीमा त्यस्तो शुन्दर ठाउँको बारेमा जानकारी प्राप्त नभएर अन्य विभिद पक्षलाई व्यवस्था गर्दै चिसो मौसममा रमाउनको लागि मात्र भएपनि श्रीअन्तु, कन्याममा तराईबाट पर्यटकहरु पुग्ने गरेका छन् ।
विगतको दिनमा दुरी छोटो भएपनि बाटो र अन्य सुविधा अभावको कारण पर्यटकको नजरमा पर्न सकेनन अझै धेरै उत्कृष्ठ गन्तव्यहरु ओझेलमा परेका छन् । त्यस्तै ओझेलमा परेका धेरै गन्तव्यहरु क्रमस् भौतिक सुविधाले सर्वसम्पन्न बन्दै जानथाले पछि क्रमस् एक पछि अर्को गर्दै प्रचारमा आउन थालेको अवस्थामा इलाको एक यस्तो गन्तव्यले पनि पर्यटकहरुलाई बोलाई रहेको छ ।
नयाँ ठाउँ घुन्न जान मनपराउने पर्यटकहरुको लागि साच्चै भन्नु हो भने इलामको अन्य पर्यटन क्षेत्रको तुलनामा एक नम्बरमै राख्दा कुनै अन्यथा हुदैन होला । त्यो एक उत्कृष्ठ पर्यटन गन्तव्य हो पानीटार ।

पानीटार कहाँ पर्छ ?
पनीटार इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं.३ मा पर्दछ, इलामको पुरानो बजार हालको सहर मंगलबारेबाट दुई किलो मिटर आसपासमा पर्दछ ।

पानीटारको विशेस्ता
पानीटार पहाडी क्षेत्रमा पर्दछ त्याहाँको मौसमी अवस्था इलामको श्रीअन्तु र कन्याम जस्तै हो, सधै चिसो, छिनभरमै घाम एकैछिनमा बादल र कुहिरोले अध्यारो, पानीटार एक आधुनिक र प्रकृतिले कला भरिदिएको चिया बगान हो, यस ठाउँमा दर्जनौ फिल्म, भिडियोहरु छायाँकन भई सकेको रहेछ ।
दक्षिणमा तराईका क्षेत्र र उत्तरमा कञ्चनजंगा र कुम्भकर्ण हिमाललाई प्रस्ट निहाल्न सकिने उपयुक्त स्थान । पुवामाई टि स्टेट निजी क्षेत्रको १२ सय र चिया तथा कफी विकास बोर्डको २ सय रोपनी क्षेत्रफलमा फैलिएको चिया बगान र नजिकै सिंहदेवी सामुदायिक बन क्षेत्रमा बनाईएको बनभोज स्थल ले सबैको मन लोभ्याउने छ ।

पानीटारको विकास र प्रर्वधन कसरी हुदैछ ?
पानीटारलाई देश भरिमा परिचित गराउन र समय अनुकुल आवस्यक पूर्वाधान निर्माण गर्नको लागि पानीटार पर्यटन प्रर्वधन विकास केन्द्र नामक संस्था गठन गरिएको छ । हाललाई स्थानिय स्तरमा दर्ता गरेर स्थापना गरिएको भएपनि केन्द्रलाई निकट भविश्यमा वृहत क्षेत्रमा कार्यक्षेत्र बनाएर अघि बढने योजना बनाईएको पानीटार पर्यटन विकास केन्द्रका अध्यक्ष पासाङ शेर्पाले बताए ।
पानीटार स्थानिय स्तरमा सिमित राख्नेखाल्को पर्यटन क्षेत्र होईन, यो क्षेत्र इलाम जिल्लामै सबैभन्दा उत्कृष्ठ क्षेत्र बन्न सक्ने भएकाले प्रदेश र संघिय सरकारले यसको विकासको लागि ध्यान दिनु पर्ने आवस्यक रहेकोले आफूहरुले सम्वन्धित निकायमा पानीटारको विकासको योजना माग गर्न जाने तयारी गरेको सचिव झरेन्द्र बरालले जानकारी दिएका छन् ।

कसरी पुग्ने पानीटार ?
पानीटार पुग्नको लागि मुख्य गरेर तिनवटा बाटाहरु छन् । मेची राजमार्गको नेपालटार, झापाको खुदुनाबारी, झापाकै दमक हुदै पुग्न सकिन्छ । खुदानाबारी र दमकबाट जाँदा कच्ची बाटो हुदै जानु पर्छ । खुदुनाबारीबाट जाँदा करिव ६५ किलो मिटर दुरी पर्दो रहेछ भने दमकबाट जादा कती दुरी भन्ने यकिन हुन सकेन तर करिव करिव खुदुनाबारीकै दुरीमा दमकबाट पनि पुग्न सकिदो रहेछ । उता मुख्य मार्गमा पर्ने नेपालटारबाट १२ किलो मिटर लामो कालोपत्रे सडक हुदै पानीटार पुग्न सकिन्छ, त्यसमा मंगलबारेबाट पानीटार सम्मको करिव दुईकिलो मिटर बाटो भने कच्ची नै छ, कच्ची भएपनि सबै प्रकारका सवारी साधनहरु सहजै पुर्याउन सकिन्छ ।

सो क्षेत्रमा खान बस्न र अन्य सुविधा अवस्था कस्तो छ ?
पानीटार जानेले मंगलबारेलाई बासस्थान बनाउनु पर्ने हुन्छ, देउमाई नगरपालिकाको सदरमुकाम मंगलबारे क्षेत्रमा खुलेका दर्जनौ होटल लजहरु समय अनुकुल सुविधा सम्पन्नका छन् । आधा दर्जन होमस्टेहरु संचालनको तयारीमा रहेको र मंगलबारे पानीटारमा टेलीफोन, इन्टरनेट लयागत तराईका ठुला सहरमा पाईने सबै सुविधाहरु उपलव्ध हुने स्थानिय पर्यटन व्यवसायी मन्त्र कटेजका संचालक सोम राईले जानकारी दिए ।

पानीटार पुग्दा अरु कुन कुन स्थान पनि हेर्न र सकिन्छ त
पानीटारलाई मुख्य गन्तव्य बनाएर त्याहाँ पुग्ने पर्यटकहरु कम्तिमा ३ दिन सम्म घुम्ने रमाउने स्थानहरु छन् । पूर्वको एक प्रशिद्ध शक्तिपिठ गजुमुखी मंगलबारेबाट एक घण्टाको सवारी यात्रा गरेर पुग्न सकिन्छ । त्यसैगरी त्याहाँको आधुनिक किवी खेती, गुफा थुम्की, दाजुभाई तिनतल्ले झरना, चारसय बर्ष पुरानो ध्वद्रेबर लगायतका स्थानहरु रहेको स्थानिय वडा नं. ३ का अध्यक्ष एवं देउमाई नगरपालिकाका प्रवक्ता दावा शेर्पाले जानकारी दिएका छन् उने भनेका छन् पानीटार पुग्न बाँकी रहेको दुई किलो मिटर गरि जम्मा २७ किलो मिटर सडकमा कालोपत्रे गर्न ठेक्का लागि सकेको छ ।

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1302

प्रतिक्रिया (०)

सम्बन्धित खबर