Aamsanchar

कडकनाथको कडै फाईदा

Author Image
बुधवार, कार्तिक १९, २०७७
कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ । कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ सबैकालो हुन्छ । भारत मध्य प्रदेश उत्पति मानिएको यो कालो कुखुरा , भारत को आदिबासी समुदाय मा लोकप्रिय छ | आदिवासी समुदायले यो प्रजाती को कुखुरालाई विभिन्न चाड्पर्ब ,देबिदेउता लाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधिक कुखुरा मारिए र उत्पादनमा कमि आयो जस्का कारण जङ्गल भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ ।
बि एम सी अन्तर्गत प्रमुख ३ जात छन् जसमा : १ कडक नाथ ,२ सिल्की , ३ आय्यम सेमानी हुन । त्यसमा पनि कडकनाथ प्रजातिको कुखुरा पालान र यसको ब्यवसायले नेपालमा राम्रो सम्भावना बोकेको छ । कडकनाथ कुखुराको मुख्य बिशेस्ता भनेको स्थानीय बातावरण मा सहजै बढ्ने , रोग प्रति रोधात्मक क्षमता भएको ,केहि गर्मी र मध्यम खालको तापक्रम भएको क्षेत्रमा घुलमिल हुन सक्ने र त्यस्तो वातावरणमा राम्रो सँग हुर्किन सक्नु हो । त्यसैले नेपाल को तराइ र पहडी भेगमा यो प्रजातिको कुखुरा को राम्रो सम्भावना देखिएको छ ।
पोषण तत्व
१, प्रोटिन को मात्रा २५% भन्दा बढी हुन्छ साधारन्तय चराहरुमा १८ देखि २० % सम्म मात्र प्रोटिन हुन्छ ।
२, cholesterol को मात्रा 0.७३ – १ .०५ % जबकि सेतो कुखुरा मा १३ – २५ % cholesterol हुन्छ ।
३, अमीनो एसिडको मात्रा उच्च हुन्छ ।
४,  भिटामिन B1,B2,B6, B12, C र E, niacin , protein, fat, calcium, phosphorus, iron, nicotinic acids आदि रहेको हुन्छ ।
कस्तो रोगीका लागि बढी लाभदायक ?
१, महिलाहरु मा देखिने बाजोपन को उपचार , मष्तिस्क सम्बन्धित रोग , मुटु सम्बन्धित रोग हुने हरुको लागि यो जातको कुखुरा को मासु राम्रो हुन्छ|
२, दिर्घकालीन रोग हरु जस्तै arthritis, asthma, cancer, COPD, diabetes र भाइरल रोग हरु जस्तै hepatitis C र HIV/AIDS का लागि यो कुखुराको मासु फाइदा जनक छ ।
३,Blood Pressure को समस्या हुने हरुका लागि पनि यस्को मासु औषधी को रुपम प्रयोग हुँदै आएको छ ।
४, यो कुखुरा को मासु मा हुने पोषण तत्वहरु कारण ,रोग प्रतिरोधक को रुपमा पनि यस्को मासु प्रयोग गर्न सकिन्छ ।
५ , यसको अण्डा मा समेत उच्च रुपमा प्रोटिनको मात्र हुने र फ्याट को मात्र कम हुने हुदा मानव स्वास्थ्य को लागि अति उत्तम हुन्छ | यस्को प्रयोग ले टाउको दुख्ने , रिङ्गटा लाग्ने र किड्नी को समस्या लाई नि कम गराउछ ।
नेपाल मा कडक नाथ जात को कुखुरा को ब्यबसायिक सम्भाना छ र हालसालै कहिँ कतै यसको पालन समेत गर्न थालिएको छ | यो कुखुरा नेपाल जस्तो हावापानी मा सजिलै गर्न सकिन्छ | हेर्दा कालो हुने हुदा धेरै ले यसलाई मन नपराउने भएता पनि यसको पोषण तत्वको हिसाबले उत्कृस्ट कुखुराको मासु मा कालो कुखुराको मासु पर्छ।
श्रोत : एग्रोमार्ट कृषि बजार नेपाल
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 744

प्रतिक्रिया (०)

सम्बन्धित खबर