Aamsanchar

भन्सार छलि ल्याइदैँ गरेको ७ लाख २१ हजार रुपैयाँ बराबरको अबैध सामग्री बरामद

Author Image
बुधवार, कार्तिक १९, २०७७

भन्सार छलि ल्याइदैँ गरेको अबैध सामग्री इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैधरुपमा ल्याइदैँ गरेको टप्स कपडा, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटर पार्टस बरामद गरेको हो ।

७ लाख २१ हजार रुपैयाँ बराबरको उक्त समान रहेको बताईएको छ । ल्याउने मानिसहरु सामान छाडि भागेकाले प्रहरीले ओसारपोसारमा संलग्नलाई प्रक्राउ गर्न भने नसकेको बताईएको छ । बरामद सामान आज आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर